काठमाण्डौ । कम्पनीहरुले गर्ने सार्वजनिक निश्कासनहरुमा सर्वसाधारणहरुको आकर्षण अचाक्ली बढ्न थालेको छ । उनीहरु घण्टौ कुरेरै भए पनि यस्ता निश्कासनहरुमा आवेदन दिन आतुर भइरहेका छन् । आइतबारदेखि सुरु भएको सूर्योदय लघुवित्त बित्तीय संस्थाको आइपीओमा समेत यस्तै अचाक्ली आवेदन परिरहेको छ । दोश्रो दिन(सोमबार)सम्ममा देशभरका संकलन केन्द्रबाट माग भन्दा करिब ८८ गुणा बढी आवेदन परिसकेको छ । 

बिक्री  प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका अनुसार १ सय रुपैयाँ अंकित मूल्यको १ लाख २० हजार कित्ता आइपीओमा सोमबारसम्ममा करिब ९६ रुपैयाँ बराबरको आवेदन परिसकेको छ । 

कुल १५ हजार ९ सय ५१ जनाले आइपीओका लागि आवेदन पेश गरेका छन् । आइपीओमा आवेदन दिने अन्तिम दिन बुधबार भएकोले अन्तिमसम्ममा निकै धेरै आवेदन पर्नसक्ने देखिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् । 

यो माइक्रोफाइनान्स कम्पनीले ४ हजार ८ सय कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ६ हजार कित्ता ७ वटा सामूहिक लगानी कोषका लागि र बाँकी १ लाख ९ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

यो माइक्रोफाइनान्सले चुक्तापूँजीमा यो आइपीओबाट १ करोड २० लाख रुपैयाँ उठाउने योजना बनाएको हो । हाल यो कम्पनीको चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ४ करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी ८ करोड रुपैयाँ रहेको छ । 

आइपीओपछि कम्पनीमा प्रोमोटर पब्लिक सेयर अनुपात ७० र ३० प्रतिशतको कायम हुनेछ । 

यो लघुवित्तको मुख्य कार्यालय स्याङ्ग्जाको पुतलीबजारमा अवस्थित छ । यो कम्पनीले बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पामा समते काम गरिरहेको छ । 

कहाँ–कहाँबाट भर्ने ?
१.ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल, काठमाण्डौ । सम्पर्क व्यक्ति स्  विजेता र दामोदर । सम्पर्क नं.०१-४२२२४६० ।

२.सूर्योदय लघुवित्त बित्तीय संस्था लिमीटेड, पुतलीबजार, स्यांग्जा लगायत शाखा कार्यालयहरु स् लमजुंगको रानीकुवा र पर्वको मल्लाज । सम्पर्क व्यक्ति स् सूर्यप्रसाद पौडेल, सम्पर्क नं.०६३-४२११८७

३.ग्लोबल आइएमई बैंक उपत्यकाभित्र, कान्तिपथ, सिनामंगल, सुकेधारा, पुल्चोक, नखू, सूर्य्बिनायक, बनस्थली । सम्पर्क व्यक्ति स् वृहस्पति तिवारी । सम्पर्क नं.०१-४४४६१५०

४.ग्लोबल आइएमई बैंक लिमीटेड, उपत्यका बाहिर स् पोखराको न्यूरोड, हेटौडा, विराटनगर, नेपालगञ्ज, बिर्तामोड । सम्पर्क व्यक्ति स् वृहस्पति तिवारी । सम्पर्क नं.०१-४४४६१५०

५.ज्योति विकास बैंक लिमीटेड, उपत्यकाभित्र स् कमलादी, कोटेश्वर, सरस्वतीनगर, जोरपाटी, प्रयागपोखरी, नयाँ बानेश्वर, उपत्यका बाहिर स् बुटवल र वीरगञ्ज । सम्पर्क व्यक्ति स् विजयराम आचार्य । सम्पर्क फोन : ०१-४४२७६२७