काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ कोरोना संक्रमित थपिएका छन् । 

योसहित हालसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या ६४ हजार १२२ पुगेको छ । 

यही अवधिमा थप ९६६ संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ र निको हुने दर ७२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका थप १० संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुने कुल संख्या ४११ पुगेको छ ।