काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाको पहिलो कार्यान्वयन गर्दै सीमित बैंकिङ्ग कारोबार गर्ने १४ सहकारी संस्थाको अनुमतिपत्र रद्ध गरेको छ । 

सीमित बैंकिङ्ग कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइने मौद्रिक नीतिमा घोषणा गरिएको थियो । 

सोही व्यवस्थाको कार्यान्वयन गर्दै केन्द्रीय बैंकले साउन १ मंगलबारदेखि १४ सहकारी संस्थालाई आफ्नो नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइएको प्रष्ट्याएको हो । 

अनुमति पत्र रद्ध भएका सहकारीहरुको सूचि यस्तो छः