काठमाण्डौ । लामो समयको लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्यालादाीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले जनकपुरधाममा एक कार्यक्रम गरी राहात सामाग्री वितरण गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत जनकपुर र आसपासका १५० घरपरिवारलाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका अति आवश्यक सामाग्री वितरण गरेको हो । 

सो कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, उपाध्यक्ष सुरेन्द्रकुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख  प्रभाष झाले जानकारी दिए ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डीम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।