काठमाण्डौ । भारतको नन्बैकिङ फाइनान्स कम्पनी बजाज फाइनान्सको सेयरले पछिल्लो १५ वर्षमा ३७० गुणा रिटर्न दिएको छ । अर्थात, सन् २००३ मा जसले २७०२७ रुपैयाँको सेयर खरीद गरेका थिए, उनीहरु आज करोडपति बनेका छन् । सन् २००३ मा बजाज फाइनान्सको सेयरको मूल्य ४.५ रुपैयाँ थियो, जुन १५ वर्षमा बढेर १६९० रुपैयाँसम्म पुुगेको छ । 

बजाज फाइनान्स बजाज फिनसर्वको एक सहायक कम्पनी हो, जसले बम्बई स्टक एक्सचेञ्ज(बीएसई)मा ३० टप सूचिकृत कम्पनीमा स्थान बनाइसकेको छ । सन् २००३ मा यो कम्पनीको बजार पूँजीकरण १०० करोड रुपैयाँ रहेको थियो, जुन अब बढेर १ लाख करोड पुुगिसकेको छ । विज्ञहरुको दाबीअनुसार अब यो फाइनान्सले आगामी दुुई वर्षभित्र ४० प्रतिशत रिटर्न दिनसक्छ ।

गत १० वर्षमा बजाज फाइनान्सको खूद ब्याज आम्दानी वार्षिक ३८ प्रतिशतको चक्रवृद्धिदरले बढेको छ, जबकि कर तथा ब्याज घटाएर भएको आम्दानीमा क्रमशः ३९ र ६५ प्रतिशतको वृद्धि भएको छ । 

राम्रो कम्पनीको सेयरमा गरिएको लगानीले कसरी मान्छेलाई करोडपति बनाउँछ भन्ने यो एउटा सानो उदाहरण हो । नेपालमै पनि राम्रो कम्पनीमा बेलैमा लगानी गर्न सके यसले भविष्यमा राम्रो रिटर्न दिनसक्नेमा दुुईमत छैन । नेपालकै पनि केही कम्पनी यस्ता छन्, जसमा दशकअघि लगानी गर्नेहरु मालामाल बनिसकेका छन् ।