काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना लगानीकर्तालाई १६ प्रतिशत सेयर र १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

भदौ १ गते बसेको बैंठकको आफ्ना सेयरधनीलाई २४२ औं बोर्ड बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो बैंकले १५.८ प्रतिशत बोनस सेयर र ०.८३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले १ अर्ब २० करोड खूद नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापुँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर वितरणपछि यो बैंकले सुविधाजनक ढंगले ८ अर्ब चुक्तापूँजीको लक्ष्यको चुम्नेछ ।