काठमाण्डौ । मेक्सिकोका रोबटो केबरेराको नाम विश्वकै सबैभन्दा लामो लिंग भएको पुुरुषको रुपमा परिचित छ । पुरुषको लिंगको लम्बाईको बिषयमा जति क्रेज छ, त्यो हेर्ने हो भने लामो लिंग भएका कारण रोबटो खुशी हुनुपर्ने हो, तर उनी खुशी छैनन् । रोबटोको भनाईमा उनको लिंगको लम्बाई एक किसिमको अपांगता हो र यसकै कारण उनले जीवनमा निकै धेरै नोक्सानीहरु व्यहोर्नु परिरहेको छ । उनको लिंग १८.९ इञ्च लामो छ । उनको भनाईमा यति लामो लिंगका कारण उनी काम गर्न पाउदैनन् । उनलाई सरकारबाट प्राप्त हुने जनकल्याणकारी योजना अन्तर्गतको अनुदानको साहारामा जीवन गुजारा गरिरहनु परेको छ । 

रोबटोको उमेर ५४ वर्ष हो । विश्वका पुरुषहरुको लिंगको औसत लम्बाई ५ देखि ६ इञ्च हो । तर रोबटोको लिंग भने १८.९ इञ्च लामो छ । उनले लिंगकै कारण जागिर नपाएको गुनासो गरेका भनिए पनि एक कम्पनीले उनको लिंगको लम्बाई घटाउन गरेको प्रस्ताव भने उनले अस्वीकार गरिदिएका एजेन्सीहरुले जनाएका छन् । यो विषयमा उनले स्पष्टीकरण दिंदै भनेका छन्–‘मेरो लिंग विश्वका पुरुषहरुकोमध्ये सबैभन्दा लामो छ, यही कारण म विश्वमाझ परिचित पनि छु। मेरो भन्दा लामो लिंग अरु कसैको छैन भन्ने थाहा छ, त्यसकारण म गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउन चाहन्छुु, तर दुुर्भाग्य उनीहरुमा लिंगको बिषयमा रेकर्ड राख्ने कुनै श्रेणी नै रहेनछ ।’ 

रोबटोले आफ्नो लामो लिंगकै कारण कयौं प्रकारका स्वास्थ्य सम्बन्धी हैरानी पनि खेप्नुपर्ने हुन्छ । उनलाई अक्सर पिसाबको संक्रमण हुने गर्छ । यस अलावा चोट लाग्नबाट बचाउनका लागि उनले आफ्नो लिंगलाई निकै जतनसाथ बाँधेर राख्नुपर्ने हुन्छ । यस अलावा उनले सेक्सको आनन्द समेत लिन पाउदैनन्, कारण सेक्स गर्नका लागि उनको लिंग निकै लामो छ । सायद यही कारण हुनुपर्छ उनी आफ्नो लामो लिंगलाई एकप्रकारको अपांगताको संज्ञा दिने गर्छन् ।