काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेकामध्ये २३ तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

हालसम्म सार्वजनिक २३ स्थानमध्ये ८ स्थानमा जित हासिल गर्दै प्रमुख सत्ताघटक नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले र माओवादी केन्द्रले ४/४ तहमा जित हासिल गरेका छन् । 

यस्तै, राजपाले ३, समाजवादी फोरमले २ र फोरम लोकतान्त्रिकले २ स्थानमा जित हासिल गरेका छन् ।

कुन पार्टीले कुन स्थानमा जित्यो ? हेरौं सूचि:

कांग्रेस

१.धनुुषाको औरही गाउँपालिका
२.सर्लाहीको धनकौल गाउँपालिका
३.सिरहाको नवराजपुर गाउँपालिका
४.धनुुषाको जनकनन्दनी गाउँपालिका
५.रौतहटको परोहा नगरपालिका
६.सप्तरीको विष्णुुपुर गाउँपालिका
७.बाराको करैयामाई गाउँपालिका
८.सप्तरीको बेल्हीचपेना गाउँपालिका

 

एमाले

१.सप्तरीको सप्तकोशी नगरपालिका
२.धनुुषाको बटेश्वर गाउँपालिका
३.पर्साको पटेर्वा सुुगौली गाउँपालिका
४.धनुुषाको मुखियापट्टि गाउँपालिका

माओवादी

१.सिरहाको अर्नमा गाउँपालिका
२.सिरहाको कर्जन्हा नगरपालिका
३.पर्साको ठोरी गाउँपालिका
४.सिरहाको औरही गाउँपालिका

राजपा

१.धनुुषाको हंसपुर नगरपालिका
२.सर्लाहीको कौडेना गाउँपालिका
३.बाराको देवताल गाउँपालिका

फोरम लोकतान्त्रिक
१.सर्लाहीको विष्णुु गाउँपालिका
२.रौतहटको इशानाथ नगरपालिका

समाजवादी फोरम

१.सिरहाको विष्णुुपुर गाउँपालिका
२.सिरहाको भगवानपुर गाउँपालिका