काठमाण्डौ । एयर इण्डिया एक्सप्रेसको एउटा यात्रुबाहक बिमान दक्षिण भारतको केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । 

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको सो जेट बिमान क्यालिकट विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो।

जेटमा चालक दलका सदस्यसहित १९५ जना रहेका भारतीय समाचार एजेन्सीले जनाएको छ । तीमध्ये १० बालबालिका र चालक दलका ६ सदस्यसहितका यात्री रहेका थिए । 

बीबीसीका अनुसार धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्।

भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार यो दुर्घटना स्थानीय समय अनुसार साँझ ७ः४१ मा भएको हो । 

मन्त्रालयका अनुसार उद्धार तथा राहातको काम जारी छ । घाइतेहरुलाई अस्पताल लैजाने क्रम समेत जारी छ । 

आजतकले विशेष सूत्रलाई हवाला दिंदै समाचारमा जनाएअनुसार हालसम्म एक पाइलट र ३ यात्रीको मृत्यु भएको छ । 

हाल दुर्घटनाग्रस्त क्षेत्रमा भारी वर्षा भइरहेको छ ।