काठमाण्डौ । स्याङ्जा मुख्य कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडले १ लाख २० हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

१ करोड २० लाख मूल्यको सेयरको आइपीओ आगामी भदौ १२ गतेदेखि सुरु हुने बैंकले सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचना जारी गरी जनाएको हो । 

आइपीओका लागि आवेदन दिने प्रारम्भिक मिति भदौ १२ देखि १५ गतेसम्मलाई तोकिएको छ । त्यतिञ्जेलसम्म पनि मागअनुसारका आवेदन प्राप्त नभए अधिकतम मिति भदौ २६ लाई तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, ६ हजार कित्ता सेयर अस्तित्वमा रहेका ७ म्यूचअल फण्डहरुका लागि र बाँकी १ लाख ९ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

ग्लोबल आइएमई क्यापिटल आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक नियुक्त भएको छ । 

यो माइक्रो फाइनान्सले आइपीओको अफरबाट १ करोड २० लाख रुपैयाँ पूँजी वृद्धि गर्न चाहन्छ । आइपीओपछि यो संस्थाको चुक्तापूँजी बढेर ४ करोड रुपैयाँ पुग्नेछ । हाल २ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको यो संस्थाको अधिकृत पूँजी चाहि ८ करोड रुपैयाँ रहेको छ । 

आइपीओपछि संस्थामा प्रोमोटर पब्लिकको सेयर स्वामित्व अनुपात ७० : ३० हुनेछ । 

स्याङ्जामा मुख्य कार्यालय रहेको यो संस्था रोल्पा, प्यूठान, गुल्मी, मुस्ताङ, लमजुङ, मनाङ, पर्वत, म्याग्दी र बाग्लुङ लगायतको क्षेत्रमा क्रियाशील छ । 

यो लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १ करोड ४९ लाख खूद नाफा आर्जन गरेको छ । 

कम्पनीले जारी गरेको सूचना अनुसार आइपीओमा आवेदन दिनका लागि निम्न केन्द्रहरु तोकिएका छन् :
१. ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल, काठमाण्डौ । सम्पर्क व्यक्ति : विजेता र दामोदर । फोन : ०१-४२२२४६०
२.सूर्योदय लघुवित्त बित्तीय संस्था लिमीटेड, स्याङ्जा र शाखा कार्यालयहरु रानीकुवा लमजुङ र मल्लाज, पर्वत । सम्पर्क व्यक्ति : सूर्यप्रसाद पौडेल, फोन : ०६३-४२११८७
३.ग्लोबल आइएमई बैंक लिमीटेड, उपत्यका बाहिर : पोखराको न्यूरोड, हेटौडा, विराटनगर, नेपालगञ्ज, विर्तामोड । सम्पर्क व्यक्ति : वृहस्पति तिवारी । फोन : ०१-४४४६१५० । 
४.ज्योति विकास बैंक लिमीटेड, उपत्यकाभित्र : कमलादी, कोटेश्वर, सरस्वतीनगर, जोरपाटी, प्रयागपोखरी, र नयाँ बानेश्वर । उपत्यका बाहिर : बुटवल र वीरगञ्ज । सम्पर्क व्यक्ति : विजयराम आचार्य । फोन : ०१-४४२७६२७