काठमाण्डौ । अटो मोबाइल सेक्टर तीव्रगतिमा इलेक्ट्रिक कारले आफ्नो क्षेत्र विस्तार गर्दैछ । निश्चित रुपमा इलेक्ट्रिक कारको यो नयाँ युगमा मानिसलाई अब महँगो इन्धन र प्रदूषणबाट मुक्ति मिल्नेछ । 

इलेक्ट्रिक कार चार्ज गर्नका लागि लगातार नयाँ–नयाँ सेन्टरहरु खुलिरहेका छन् । चार्जिङका लागि नयाँ–नयाँ प्रविधिहरुको विकास भइरहेका छन् । 

यस्तैमा उत्तराखण्ड अल्मोडास्थित काफलीखान क्षेत्रमा बसोबास गर्ने रवि टम्टाले एउटा यस्तो यन्त्र तयार पारेका छन्, जसको मद्दतले एक मिनेटमै इलेक्ट्रिक कार चार्ज गर्न सकिन्छ र यसको लागत पनि नगण्य रहेको छ । 

रवि टम्टाले करिब डेढ वर्षको मेहनतपछि एउटा यस्तो इलेक्ट्रोलाइट पम्प मेसिन तयार पारेका छन्, जसबाट थोरै समय र कम पैसामा कार चार्ज गर्न सकिन्छ । रवि भन्छन्, ‘यो एउटा यस्तो मेसिन हो, जसले एक मिनेटमै कुनै पनि इलेक्ट्रिक कार चर्जा गर्न सकिन्छ ।’

रवि विज्ञान विषयमा स्नातक हुन् । ‘आजको आवश्यकता भने इलेक्ट्रिक कार नै हो तर ती गाडी छिटो चार्ज गर्ने व्यवस्था निकै कम छ’, उनी भन्छन्, ‘तीव्रगतिमा यस्ता कार चार्ज गर्ने व्यवस्था नहुँदा मानिसहरु यस्ता कार लिन हिच्किचाउने गरेका छन् । त्यसैले त्यही आवश्यकतालाई ध्यानमा राखेर मैले यो प्रविधिको विकास गरेको हुँ । 
 

रवि आफूले विकास गरेको मेसिनबाट इलेक्ट्रिक कार एकै मिनेटमै चार्ज हुने र करिब १०० किलोमिटरसम्म सफर गर्न सकिने दाबी पनि गर्छन् । उनी भन्छन्, ‘र, केवल १ मिनेट चार्ज गरेको शुल्क पनि ४०–५० रुपैयाँमात्र हुन आउँछ ।’
 

रविका अनुसार जसरी हामी कारमा पेट्रोल वा डिजेल एक मिनेटमा भर्छौं, त्यसरी नै इलेक्ट्रिक कार पनि एक मिनेटमै फूल चार्ज गर्न सकिन्छ । ‘लिड एसिड ब्याट्रमा ३८ प्रतिशत सल्फ्युरिक एसिड र ६२ प्रतिशत डिस्टिल वाटर मिसाएर इलेक्ट्रोलाइट बन्छ, जुन चार्ज वा डिस्चार्ज हुन्छ । जब इलेक्ट्रिक गाडीमा ब्याट्री डिस्चार्ज हुन्छ, डिस्चार्जिङ हुँदा सल्फ्युरिक एसिड ओडायल्युट हुन्छ । यही पूरै प्रक्रियापछि ब्याट्र एक मिनेटमै चार्ज हुन्छ’, उनी भन्छन्। –एजेन्सी