काठमाण्डौ । नेपालमा पछिल्लो समय विश्वबजारमा तहल्का मच्चाइरहेका कारका फरक फरक संस्करणले समेत भित्रिरहेका छन् । शहरियाहरुमा कारको सौख समेत उस्तैगरी बढिरहेको छ । पछिल्लो समय कारको प्रविधिको बिषयमा पनि उस्तै विकास भइरहेको छ । अब खरीदकर्ताहरु समेत इलेक्टिक तथा हाइब्रीड कारको बिषयमा सोच्न थालिसकेका छन् । नेपाल सरकारले विद्युत उत्पादनमा जोड दिई दैनिक जनजीवनलाई विद्युतमा निर्भर बनाउने कार्यक्रम समेत अगाडि बढिरहेको छ । यस्तो बेलामा इलेक्टोनिक कारको माग भविष्यमा अझ बढ्नसक्नेछ ।

भविष्यमा  इलेक्ट्रिक कारले डिजल तथा पेटोल कारलाई टक्कर त दिने नै छ । तर धेरै प्रयोगकर्ताको दिमागमा अहिले एउटै प्रश्न उठ्ने गर्छ-इलेक्टोनिक कार चलाउँदा खर्च चाहि कति लाग्ला ?

नेपालमा धेरै प्रयोगकर्तालाई पेटोल भन्दा डिजल कार मन पर्छ, कारण डिजेलको मूल्य पेटोल भन्दा सस्तो भएर पनि हो । नेपालमा औसतमा डिजलवाला कार चलाउँदाको खर्च प्रति किलोमिटर ६ रुपैयाँ जति आउँछ भने पेटोल कार चलाउँदा करिब १० रुपैयाँ । तर, इलेक्टिक भेइकलको खर्च बिजुली कति महंगो छ भन्नेमा निर्भर छ । नेपालमा बिजुलीको भाउ अनुसार हिसाब गर्दा इलेक्टोनिक कार चलाउनलाई प्रति किलोमिटर २ रुपैयाँ खर्च गरे पुुग्छ । यस्तो अवस्थामा यदि प्रयोगकर्ता बर्षभरि ५ हजार किलोमिटर कार चलाउँछ भने उसले १० हजार रुपैयाँ भन्दा बढी रकम जोगाउनेछ । 

त्यसो त इलेक्ट्रिक कार आफ्नो ब्याटीका कारण निकै महंगो पर्छ । एक सिंगल किलोवाटको इलेक्ट्रिसिटी ६ किलोमिटरसम्म चल्न काफी हुन्छ, तर २ सय किलोमिटरका लागि चार्ज गर्नका लागि करिब ३५ किलोवाटको ब्याटी आवश्यक पर्छ, जुन निकै महंगो पनि हुन्छ । यस्तो अवस्थामा भविष्यमा यदि ब्याटीको मूल्य कम भयो भने इलेक्ट्रोनिक कारले डिजल तथा पेटोल कारलाई पछार्ने आँकलन थालिएको छ । 

महिन्द्रा ई ट्वान्टी प्लस


महिन्द्रा भारतकै त्यस्तो पहिलो कम्पनी हो, जसले इलेक्ट्रिक कार निर्माण र बिक्री सुरु गरेको थियो । कम्पनीले सुरुमा दुुई ढोका भएको इलेक्ट्रिक कार बजारमा ल्याएको थियो । पहिलो यसलाई रेवा ई ट्वान्टी राखिएको थियो भने अहिले महिन्द्रा ई ट्वान्टी राखिएको छ । यसको मूल्य नेपाली बजारमा २५ लाख हाराहारी पर्नेछ । 

महिन्द्रा ई भेरिटो


महिन्द्राको दोश्रो प्यासेन्जर इलेक्ट्रिक कार महिन्द्रा ई भेरिटो हो । यो महिन्द्राको इलेक्ट्रिक सेडान पनि हो । यसमा त्यही इलेक्ट्रिक मोटर छ, जुन महिन्द्रा ई ट्वान्टीमा पनि छ । साथै यसलाई ७२ वी ब्याटीको साथमा पेश गरिएको छ । नेपालमा यसको मूल्य ३० देखि ३५ लाखको बीचमा पर्नेछ । 

टोयोटा क्याम्री हाइब्रिड


यसको नेपाली बजारमा मूल्य ५० लाख बढी पर्नेछ । भारत र नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कारमा सबैभन्दा धेरै धमाका मच्चाउने कार हो टोयोटाको क्याम्री हाइब्रिड । यो कार पेट्रोल तथा हाइब्रिड दुवै संस्करणमा उपलब्ध छ । क्याम्री हाइब्रिड प्लग इन हाइब्रिड कार हो । 

होण्डा एकर्ड हाइब्रीड


यसको मूल्य नेपाली बजारमा ७० लाख भन्दा माथि पर्नेछ । जापानको कार उत्पादक कम्पनी होण्डाले हालै भारतमा यो डिजाइन प्रस्तुतु गरेको छ । यो डिजाइन नेपालमा आइसकेको छैन । तर यो कार निकै शानदार इलेक्ट्रिक कार हो ।