काठमाण्डौ । विश्वको ठूलो देश नै सबैभन्दा धनी हुन्छ भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । विश्वमा  केही यस्ता पनि देश छन्, जो क्षेत्रफलको हिसाबले एकदमै साना छन् र जिडीपीको हिसाबले निकै माथि र धनी । यति मात्र होइन, विश्वका केही साना देशहरु पर्यटन उद्योगका लागि चर्चित, उदाहरणीय र सफल पनि छन् । 

भेटिकन सिटी
विश्वकै सबैभन्दा सानो देश भेटिकन सिटी हो । जसको क्षेत्रफल मात्र ०.४४ वर्गकिलोमिटर रहेको छ । यो देशको पूरा सीमा २ किलोमिटर मात्र छ । यो देशको एउटा कुनाबाट अर्को कुनामा पुग्नलाई तपाईंले मात्र २० मिनेट पैदल यात्रा गरे पुग्छ । तपाईंले सायदै सोच्नुभएको थियो होला कि विश्वमा यति सानो पनि देश हुन्छ भनेर । यो देशको कुल जनसंख्या ८ सय ४२ रहेको छ । यो देश टाइबर नदीको किनारामा अवस्थित भेटिकन पहाडमा रहेको छ । तर यहाँ कयौं शानदार महलहरु छन् । यहाँको इशाई धर्मको क्याथोलिक चर्च विश्वमै चर्चित छ । विशेष गरी सेन्ट पिटर बेसिलिको विश्वकै सबैभन्दा ठूलो चर्च पनि यही मौजूद छ । यो देशको
प्रति व्यक्ति वार्षिक आय २१, १९८ डलर रहेको छ । 

मोनाको


मोनाको विश्वको दोश्रो सबैभन्दा सानो देश हो । यसको क्षेत्रफल मात्र २.०२ वर्गकिलोमिटर छ । यूरोपको यो सानो देश फ्रान्स र इटलीको बीचमा अवस्थित छ । यो देश न्यूयोर्कको सेन्टल पार्क भन्दा पनि सानो छ । यसको बाबजुद यो दश विश्वका उत्कृष्ट अर्थव्यवस्था भएका देशहरुको सूचिमा अग्रस्थानमा छ । त्यति मात्र होइन, यो देशमा हरेक वर्ष विश्वका सबैभन्दा धनी मानिसहरु घुम्न आउने गर्छन । यो देशको जनसंख्या करिब ४० हजार रहेको छ । यो देशको
प्रति व्यक्ति वार्षिक आय १८८,४०९ डलर रहेको छ । 

लिचटेन्स्टेन


यूरोपको यो देश अस्टिया र स्वीट्जरल्याण्डको बीचमा अवस्थित छ । यो देशको कुल क्षेत्रफल करिब १६० वर्ग किलोमिटर रहेको छ । जीडीपीको मामलामा विश्वकै धनी देशमा यो पनि सामेल छ । यहाँको कुल जनसंख्या ३७ हजार रहेको छ । यो देशको
प्रति व्यक्ति वार्षिक आय १३४,६१७ डलर रहेको छ । 

लक्जमबर्ग


लक्जमबर्ग जर्मनी र फ्रान्सको मध्य भागमा अवस्थित छ । यो देशको क्षेत्रफल २५८६ वर्ग किलोमिटर रहेको छ । यो देशको कुल जनसंख्या करिब ६ लाख रहेको छ । यो देशसँग गरीबी र बेरोजगारीको कुनै इतिहास नै छैन । यस अलावा यो देशमा कुनै भिखारी पनि छैनन् । यसैको कारण हो कि यहाँका मानिसको जिन्दगी निकै सुखदायी छ । यो देशको प्रति व्यक्ति आय १, ११, ००० डलर रहेको छ । 

कतार


विश्वभरि नै तेलको आपूर्ति गर्ने खाडी मुलुकको रुपमा कतार परिचित छ । क्षेत्रफलको हिसाबले निकै सानो यो देशमा प्राकृतिक तेल र ग्याँसको निकै ठूलो भण्डार रहेको छ, यही कारण यहाँको अर्थव्यवस्था निकै मजबुत छ । यो सानो देश पनि विश्वका धनी देशको सूचिमा सामेल छ । कतारको जनसंख्या करिब २२ लाख हो । यहाँको प्रतिव्यक्ति आय जीडीपी १, ०४, ००० डलर रहेको छ । 

नर्वे


विश्वकै सुन्दर देशमा सामेल नर्वे पनि एक सानो देश हो । यो देशको कुल क्षेत्रफल ३ लाख ८५ हजार २ सय ५१ वर्ग किलोमिटर रहेको छ । प्रदूषण फ्रि देशको रुपमा परिचित यहाँका मानिसको जीवन निकै सुखदायी छ । यो देशको कुल जनसंख्या ५० लाख रहेको छ । यो देशको प्रति व्यक्ति आय १,००,४०० डलर रहेको छ । यस अलावा नर्वे सुन्दर समुन्द्री किनारा, पहाड र सनसेटका कारण समेत विश्वमै प्रख्यात छ । 

मकाउ


मकाउन हङकङ नजिकै अवस्थित सानो मुलुक हो । चीनको प्रशासिनक क्षेत्रवाला यो देश लग्जरी टुरिजमका लागि विश्वमै प्रसिद्ध रहेको छ । यो देशको कुल क्षेत्रफल ३०.०५ वर्गकिलोमिटर रहेको छ । यहाँ पर्यटकहरु उच्च गुणस्तरको रात्रि जीवन, स्पा,क्यासिनो, लग्जरी रिसोर्टमा समय बिताएर आनन्द लुट्न आउँछन । यो देशको जनसंख्या करिब ६ लाख ५० हजार रहेको छ । यहाँको प्रति व्यक्ति वार्षिक आय ९१ हजार डलर रहेको छ । यो देशका अधिकांश नागरिक निकै धनी छन् । 

स्वीट्जरल्याण्ड


स्वीट्जरल्याण्ड बरफले ढाकिएको एक सुन्दर पहाडी मुलुक हो । यो देश पनि विश्वकै धनी देशको सूचिमा सामेल छ । यो देशको कुल क्षेत्रफल ४१ हजार २ सय ८५ वर्गकिलोमिटर रहेको छ । यहाँको जनसंख्या करिब ८३ लाख रहेको छ । पर्यटनको हिसाबले समेत यो देश विश्वकै उत्कृष्ट गन्तव्यको सूचिमा सामेल छ । यहाँ मानिस गर्मी छलेर छुट्टी बिताउन आउने गर्छन । यो देशको प्रति व्यक्ति आय ८१ हजार डलर रहेको छ । यस अलावा यो देश विश्वकै उत्कृष्ट र मीठो चकलेट उत्पादनका लागि समेत प्रख्यात छ । 

यूएई


विश्वका अधिकांश मानिसले यूनाइटेड अरब इमिरेट्सलाई त्यहाँको शाही शैली र भव्य जीवनशैलीको हिसाबले चिन्दछन । मरुभूमिले भरिएको यो देश आजको समयमा सबैभन्दा ठूलो ग्लोबल मार्केट बन्न सफल भएको छ । विशेष गरी इलेक्टोनिक्स, लग्जरी होलिडे, सुनबाट बनेका सामानका लागि समेत यो मुलुक प्रख्यात छ । यो देशको कुल जनसंख्या ९० लाख २० हजार रहेको छ । यसको क्षेत्रफल करिब २६ वर्गकिलोमिटर रहेको छ । यहाँको प्रति व्यक्ति आय ३६ हजार ६० डलर रहेको छ । 

सानमारिनो


यो देश विश्वकै सानो देशमध्येमा एक हो । यो देश इटलीले घेरिएको छ । विश्वको प्राचीन देशमध्ये यो पनि एक हो । यो देशको कुल क्षेत्रफल ६१ वर्गकिलोमिटर हो । यहाँको कुल जनसंख्या ३० हजार रहेको छ । प्राकृतिक रुपमा सुन्दर यो देशमा प्रत्येक वर्ष करिब २० लाख पर्यटक आउने गर्र्छन । यो देशको प्रति व्यक्ति आय ५९ हजार डलर रहेको छ । 

सिंगापुर


दक्षिण एशियाली देश सिंगापुर विश्वकै धनी र सफा देशमध्येको एक देशको रुपमा परिचित छ । यो देशको कुल क्षेत्रफल ८५ वर्ग किलोमिटर रहेको छ । यहाँको कुल जनसंख्या ५० लाख ५० हजार रहेको छ । यहाँको अर्थव्यवस्था मुख्य रुपमा लग्जरी टुरिजम र क्यासिनोमा  निर्भर छ । यो देशको प्रति व्यक्ति वार्षिक आय ५५ हजार डलर रहेको छ ।