काठमाण्डौ । आर्टिक सर्कलभित्र पर्ने नदीमा २० हजार टन तेल चुुहावट भएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुुटिनले आपतकाल घोषणा गरेका छन्।

गत शुुक्रबार साइबेरियाको नोरिलस्क सहरनजिकै रहेको पावर प्लान्टमा इन्धन ट्यांक दुुर्घटना हुुँदा तेल पोखिएको थियो। अधिकारीहरुले यो घटनाबारे दुुई दिनपछि मात्रै थाहा पाएपछि राष्ट्रपति पुुटिन आक्रोशित बनेका हुन्। 

यो प्लान्टमा नोरिल्स निकेलको सहायक कम्पनीको स्वामित्व रहेको छ। यो कम्पनी निकेल र प्लाडेनियम उत्पादन गर्ने विश्वको अग्रणी कम्पनी हो। 

गत बुुधबार टेलिभिजनमा प्रशारित भिडियो कन्फ्रेन्समा दुुर्घटनापछि देखाइएको ढिलो प्रतिक्रियाका लागि पुुटिनले कम्पनीका प्रमुुखलाई हकारेका थिए। “सरकारी एजेन्सीहरुले तथ्यको दुुई दिनपछि मात्रै यसका बारेमा किन पत्ता लगाए ? के हामीले सामाजिक सञ्जालबाट आतपकालका बारेमा थाहा पाउने ?” पुुटिनले सहायक कम्पनीका प्रमुुख सेरजिई लिपिनलाई भने। 

गत आइतबार दुुर्घटना भएको क्षेत्रका गर्भनर अलेक्जेन्डर उशले राष्ट्रपति पुुटिनलाई तेल पोखिएको विषयमा सामाजिक सञ्जालमा देखिएको सूचनाले आफू सर्तक बनेको बताएका थिए। पुुटिनले यो घटनाको अनुुसन्धान गर्न आदेश दिएका छन् र पावर प्लान्टका म्यानेजरलाई समेत पक्राउ गरिएको छ। 

नोरिल्स निकेलले एक विज्ञप्ति जारी गर्दै घटनाबारे समयमै र उचित ढंगले जानकारी प्रदान गरेको जनाएको छ। इन्धन ट्यांकरलाई आड प्रदान गर्ने पिल्लरहरु डुुब्न थालेपछि यो घटना घटेको थियो। यो क्षेत्र पर्माफ्रोस्ट माथि बनाइएको छ र तापमान वृद्धिसँगै यो पग्लिँदै गइरहेको थियो। 

लिक भएको तेल दुुर्घटना स्थलबाट १२ किलोमिटरसम्म फैलिएको थियो र अम्बर्नाया नदीको रङ रातो बनेको थियो। 

आपतकालीन घोषणाको अर्थ दुर्घटना भएको तेल सफाइ गर्न अतिरिक्त सेनाहरु पठाउनुु हो। चुुहावट भएको तेलको परिमाणका आधारमा यो दुर्घटना रुसको आधुुनिक इतिहासकै दोस्रो ठूलो घटना हो। 

मिडिया रिपोर्टका अनुुसार तेलको चुुहावटले ३५० वर्गकिलोमिटर क्षेत्रलाई प्रदूषित गरेको छ। 

नोरिल्स निकेल तेल चुुहावटको घटनामा मुुछिएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०१६ मा पनि यो कम्पनी यस्तै तेल चुुहावटको लागि जिम्मेवार ठहरिएको थियो। – एजेन्सी