काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)  गर्ने भएको छ । 

कम्पनीले कात्तिक ७ गते नेपाल धितोपत्र बोर्डमा आइपीओ निश्कासनका लागि आवेदन दिएको हो । 

एकसय रुपैयाँ अंकित मूल्यको २१ लाख कित्ता आइपीओ निश्कासनको आवेदन परेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल २१ करोड रुपैयाँ बराबरको आइपीओको निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।