काठमाण्डौ । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह काठमाडौंबाट प्रस्थान गरेको छ । 

२३ वटा रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्नेछ । 

एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ आकांक्षा भट्टराईले सो समूहलाई विदाई गरे । नासा बुलेट क्लबका महासचिव राम साहले रोड लिडरको रुपमा सो समूहको नेतृत्व गरेका छन् । 

सो अवसरमा सांसद उप्रेतीले नेपाली युवाहरु विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले धानिरहेको देशमा पर्यटन प्रवद्र्धनबाट पनि देशलाई फाइदा पु¥याउन सकिन्छ भन्ने उदाहरण बुलेट राइडले प्रस्तुत गरेका बताए । 

विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दुरी पार गर्नेछ । मौसमले साथ दिएमा सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किन कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रकाश लिम्बूले बताए । 

विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त बुलेट राइड कार्यक्रमको आयोजना गरिएको हो ।