काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली र तिनका परिवारजनलाई खुशी खबर । नेपाल राष्ट्रबैंकले फागुन २८ गतेदेखि २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निश्कासन गर्ने भएको छ ।

वार्षिक १० प्रतिशतको दरले ब्याज पाइने गरी राष्ट्रबैंकले २५ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र२०७९ ख निश्कासन गरेको हो । 

वैदेशिक रोजगारीमा गएकाहरुले आर्जन गरेको  धेरै रकम फजूल कुरामा खर्च हुने गरेको विभिन्न अध्ययनले देखाइरहेको परिप्रेक्ष्यमा वार्षिक १० प्रतिशत ब्याजदर पाउने गरी बचतपत्र निश्कासन गरिएको बताइएको छ । 

बचतपत्रको फारम वैदेशिक रोजगारीमा रहेका नेपाली तथा तिनका नेपालमै रहेका आफन्तहरुले फागुन ३ देखि २३ गतेसम्म भरिसक्नुपर्ने राष्ट्रबैंकको सूचनामा उल्लेख छ । यो बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले समेत किन्न पाउनेछन् । मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले किन्न पाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

बचतपत्रमा गरिएको लगानीको सावा २०७९ फागुन  २८ गते फिर्ता हुने र ब्याज भने हरेक ६ महिनामा भुक्तानी गरिने राष्ट्रबैंकले जनाएको छ । 

खरिदकर्ताले आफूले चाहेको समयमा यो बचतपत्र बिक्री गर्न र बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछ । राष्ट्र बैंकका अनुसार बचतपत्रमा कम्तीमा ५ हजार रूपैयाँ बढीमा पाँच हजारले भाग गर्दा निशेष भाग जाने गरी निष्काशन हुने रकमसम्म लगानी गर्न पाइनेछ ।

यी ठाउँबाट भर्न सकिन्छ
बचतपत्रको फारम आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकमार्फत किन्न सकिने व्यवस्था मिलाइएको छ । बचतपत्र किन्ने व्यक्तिले राहदानी, आफू कार्यरत रहेको मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्ने छ । भारतमा रोजगारीमा रहेका नेपालीका लागि भने राहदानी र भिसा आवश्यक नपर्ने व्यवस्था मिलाइएको छ । परिवारको नाममा बचतपत्र खरीद गर्ने भए सो सदस्यको नागरिकता, नाता प्रमाणित प्रमाणपत्र र विदेशी मुद्रा सटही गरेको रसिद ल्याउनुपर्नेछ ।

स्वदेश तथा विदेशमा बचतपत्र खरीदका लागि तोकिएका एजेण्टहरु विस्तृत विवरण यसप्रकार छ: