काठमाण्डौ। नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट् क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट् पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । नयाँ पुन्टो इभो प्योरमा फियाट्को सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अन–रोड डाइनामिक्स जस्ता विशेषता छन् । ४ सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको कारले ६००० आरपीएममा अधिकतम ६८ पीएस पावर र २५०० आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट् ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य  २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । 

 

४५ लिटर क्षमताको फ्युल ट्यांक रहेको नयाँ कारले २०.३ किलोमिटरको माइलेज दिन्छ । एक्जोटिक रेड, बोस्सोनोभो ह्वाइट र हिपहप ब्ल्याक गरी यो कार ३ वटा एक्साइटिङ कलरमा उपलब्ध छ । इन्जिन इमोबिलाइजर, क्रम्पल जोन, डबल क्र्यांक प्रिभेन्सन सिस्टम, फायर प्रिभेन्सन सिस्टम, स्मार्ट वाइपर र सेन्ट्रल लकिङ यसका उदाहरण हुन् । कारमा डिस्ट्यान्स टु इम्प्टी इन्डिकेटर, एभेरेज फ्युल इफिसेन्सी इन्डिकेटर, सिट बेल्ट वार्निङ, डोर अजार वार्निङ, फलो मि हेडल्याम्प, डिजिटल क्लक, डिजिटल ओडोमिटर, डिजिटल ट्रिप मिटर लगायतका सुविधाहरु रहेका छन् । लाइफ अटोमोबाइलको यस फियाट पुन्टो इभो प्योरमा दुई वर्षको वारेन्टीको व्यवस्था छ ।