काठमाण्डौ । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशिको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गरेका छन् । 

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका  न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् । 

काठमाण्डौ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एमबास्डर दीपकराज गिरी लगायत आइएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता थियो । 

त्यस्तै तेस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनौट कार्यक्रममा युएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउनु हुने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता गौतम वा निजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवनबीमा प्राप्त गर्नेछन् । 

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौं सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’बाट करिब २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका कम्पनीले जनाएका छन् । 

मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छन्।