काठमाण्डौ । विगत ३ वर्षकै उच्च ब्याजदरको अफरसहित नेपाल राष्ट्रबैंकले आजदेखि नागरिक बचतपत्रको बिक्री खुल्ला गरेको छ । 

बैंक तथा बित्तीय संस्थाहरुले साधारण बचतमै १० प्रतिशतसम्म र मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि आफूले निश्कासन गर्ने बचतपत्र बिक्री हुन नसक्ने निश्कर्ष निकाल्दै नेपाल राष्ट्रबैंकले चैत १ देखि बिक्री खुल्ला गरेको ५ वर्षे ’’नागरिक बचतपत्र २०७९“ख”का लागि वार्षिक ९ प्रतिशत ब्याजदर अफर गरेको हो । 

नेपाली नागरिकले मात्रै खरीद गर्न पाउने नागरिक बचतपत्रमा अफर गरिएको यो ब्याजदर तीनवर्षकै उच्च हो ।

केन्द्रीय बैंकले २०६९ सालमा ९.५ प्रतिशत ब्याजदरसहितको बचतपत्र निश्कासन गरेको थियो । त्यसपछि ५ पटक निश्कासित बचतपत्रमध्ये कुनैमा पनि ब्याजदर ९ प्रतिशत अफर गरिएको थिएन, अधिकतम ब्याजदर ८.५ प्रतिशत दिइएको थियो । 

लगानीयोग्य रकमको अभाव भएर ब्याजदर वृद्धिको होडबाजी चलेपछि राष्ट्रबैंकले समेत तीन वर्षपछि बचतपत्रको ब्याजदर ९ प्रतिशत अफर गरेको अधिकारीहरुले बताएका छन् । 

बजारको उतारचढावबाट जोखिम लिन नचाहनेले ५ वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याज लिएर बचतपत्रमा ढुक्कले लगानी गर्न सक्नेछन् । यसमा लगानी गरेपछि बजारमा जतिसुकै उतारचढाव आए पनि अफर गरिएको ब्याजदर घट्ने छैन ।  

राष्ट्रबैंकले यो पटक २ अर्ब रुपैयाँ बराबरको बचतपत्र निश्कासन गर्न लागेको हो । यो बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिनेछ । ब्याजकर कटाएर ६ ६ महिनामा ब्याज भुक्तानी हुनेछ ।

बचतपत्रको बिक्री चैत १ देखि २१ गतेसम्म खुल्ला रहने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । बचतपत्रको निश्कासन चैत २६ गते हुनेछ भने साँवा २०७९ चैत २६ गते भुक्तानी गरिने बताइएको छ । 

यो बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन सकिनेछ।

कहाँ पाइन्छ आवेदन फारम ?
आवेदन फारम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुबाट निःशुल्क पाइने । यस बैंकको वेब साइट www.nrb.org.np मा Public Debt  बाट डाउनलोड पनि गर्न सकिने ।

कहाँ बुुझाउने आवेदन फारम ?
यो नागरिक बचतपत्रको आवेदन फारम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमा बुझाउन सकिने । (बजार निर्माताहरुको सूची यस बैंकको वेबसाईट www.nrb.org.np मा Public Debt  अन्तर्गत उपलब्ध रहेको)

अन्य जानकारी यस्तो छ: