काठमाण्डौ । भारत सरकार यतिबेला क्याच २२ अर्थात अन्यौलको अवस्थामा फसेको छ । एकातर्फ भारत मानवताको आधारमा कोरोनासँग लड्न अहम मानिएको मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्विन विश्वका अन्य देशलाई उपलब्ध गराउन चाहन्छ । तर, भारतमै कोरोना संक्रमण बढिरहेकाले यो औषधिमा लागेको निर्यात फुुकुुवा गर्ने जोखिम उठाउन भारतले चाहेको छैन । अर्काेतर्फ अमेरीका, ब्राजिल लगायतका कम्तीमा ३० वटा देशहरुले भारतसँग यो औषधि आपूर्तिको माग गरेका छन् । 

भारत सरकार अहिले औषधि निर्माताहरुसँग उत्पादनलाई तीव्र गतिमा बढाउने विषयमा छलफल गरिरहेको छ । यसका बाबजुुद सरकारी अधिकारीहरुले तत्कालै औषधिको उत्पादन बढाउने सम्भावना एकदमै न्यून रहेको बताएका छन् । 

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन पहिले नरेन्द्र मोदीसँग टलिफोन कुुराकानीका क्रममा क्लोरोक्विन औषधि निर्यात गर्न आग्रह गरेका थिए । भारतीय सरकारी अधिकारीहरुले विश्वका ३० भन्दा बढी देशहरुले यो औषधिको माग गरेको बताएका छन् । यसमा भारतका छिमेकी देशहरु पनि सामेल छन् । 

अमेरीकी चिकित्सकहरुले यो औषधि कोरोनाभाइरससँग लड्न उपयोगी हुने बताएपछि यसको माग ह्वात्तै बढेको छ । 

उता भारत आफ्ना १३५ करोड जनतालाई बचाउन औषधिको पर्याप्तताको सुनिश्चता गर्न चाहिरहेको छ । त्यसलै भारतले गत शनिबारदेखि यसको निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । 

निर्यात प्रतिबन्धलाई यति कडाई गरिएको छ कि विशेष आर्थिक क्षेत्रबाट हुुने निर्यातमा पनि प्रतिबन्ध लगाइएको छ । 

अहिलेसम्म अग्रीम भुुक्तानी गरेका कम्पनीहरुलाई मात्रै निर्यात गरिदै आइएकोमा अब त्यसमा पनि प्रतिबन्ध लगाइएको छ । भारतमा यो औषधिको उत्पादन क्षमता कति छ र आपतकालको बेला कति उत्पादन गर्न सकिन्छ भन्ने आँकलन गर्न भारतले यसो गरिरहेको भारतका मिडियाहरुले जनाएका छन् ।