थाइरड परीक्षण
बिना कारण थकान लाग्ने, मांशपेशी दुख्ने, ज्वरो आउने र भोक नलाग्ने समस्या भएमा थाइरडको समस्या हुन सक्छ, तसर्थ थाइरडका लागि टी थ्री, टी फोर र टीएचएसको परीक्षण गर्नुपर्छ । परिवारमा कसैलाई थाइराइडको समस्या छ भने वर्षमा एक पटक थाइरड परीक्षण गर्नुपर्छ ।

रक्तचाप
३० वर्षको उमेर पुगेपछि मानिसलाई रक्तचापको समस्या हुने गर्छ । महिनामा एक पटक रक्तचाप परीक्षण गर्नुपर्छ । उच्च रक्तचापले किड्नी, मुटु  र स्ट्रोकको खतरा हुने गर्छ ।
 

डायबिजिटज
३० वर्ष पुगेपछि वर्षमा एक पटक फास्टिङ र रेड ब्लड सुगर परीक्षण गर्नुपर्छ । बढी गुलियो खानेकुरा खाँदा डायबिटिजको समस्या हुन्छ ।
 

लिपिड प्रोफाइल
लिपिड परीक्षणबाट कोलेस्ट्रोल र ट्राइगिस्लाइडको तह पत्ता लगाउन सकिन्छ । लिपिड प्रोफाईल बढी भएमा किड्नी र मुटु रोगको खतरा हुन्छ । वर्षमा एकपटक लिपिड परीक्षण गर्नुपर्छ ।

कलेजो परीक्षण
कलेजोले राम्रोसँग काम गरेको छ वा छैन रु लिवरसँग सम्बन्धित कुनै समस्या त छैन भन्ने थाहा पाउन बर्सेनी कलेजो परीक्षण गर्नुपर्छ ।
 

रिनल प्रोफाइल
किड्नीले राम्रोसँग काम गरेको छ वा छैन पत्ता लगाउन वर्षमा एक पटक रिनल प्रोफाइल परीक्षण गर्नुपर्छ । रिनल परीक्षणबाट किड्नीको समस्या भए वा नभएको पत्ता लगाउन सकिन्छ ।
 

अल्ट्रा सोनोग्राफी
यो परीक्षणबाट फ्याटी लिवर, स्टोन, अल्सर वा पेटसँग सम्बन्धित अन्य समस्या पत्ता लगाउन सकिन्छ । तसर्थ वर्षमा एक पटक अल्ट्रा सोनोग्राफी गर्नुपर्छ । 
-Agency