काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार ६ कम्पनीको कुल २ करोड १४ लाख ६१ हजार ७६ कित्ता बोनस सेयर कारोबारका लागि सूचिकृत भएका छन् । यस्तै, २ कम्पनीका १ करोड १२ लाख ७८ हजार २ सय ७४ कित्ता हकप्रद पनि बुधबार नै सूचिकृत भएको छ । सम्बद्ध कम्पनीको बोनस र हकप्रद सेयर नेप्सेमा सूचिकृत भएसँगै ती संस्थाका सेयरधनीले बोनस र हकप्रद समेत बिक्री गर्न सक्नेछन् ।

नेप्सेका अनुसार एभरेष्ट बैंकको १ करोड ८६ लाख ३८ हजार २ सय २८ कित्ता बोनस सेयर, काक्रेबिहार विकास बैंकको १ लाख १५ हजार ६ सय ९५ कित्ता बोनस, जनता बैंकको २४ लाख ७२ हजार बोनस सेयर र १ करोड २ लाख ७८ हजार २ सय ७४ कित्ता हकप्रद, सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख १० हजार कित्ता बोनस सेयर र १० लाख कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।

यस्तै, यूनाइटेड फाइनान्सको ३ हजार १ सय ५२ कित्ता बोनस सेयर र किसान माइक्रो फाइनान्स बित्तीय संस्थाको १ लाख २२ हजार कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ ।