काठमाण्डौ । वैज्ञानिकहरुले कोरोनाभाइरस बारे नयाँ तथ्य सार्वजनिक गर्दै कोरोनाभाइरस हावाका माध्यमबाट पनि सर्नसक्ने बताएका छन् । 

द न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टकाअनुुसार ३२ देशका २३९ जना वैज्ञानिकहरुले सामूहिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुुन् । 

वैज्ञानिकको समूहले विश्व स्वास्थ्य संगठन र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई एक पत्र लेख्दै आफ्नो यो दाबीमाथि गम्भीर हुन र कोरोनाभाइरससँग सम्बन्धित जारी गरिएका निर्देशिकामा फेरबदल गर्न आह्वान समेत गरेको छ । 

विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना संक्रमण हावाको माध्यमबाट नसर्ने जनाएको थियो । उसले यो भाइरस केवल थुुकको कणबाट मात्रै फैलने उल्लेख गरेको थियो । यो कण खोक्दा, हाच्छ्यू गर्दा र कफ निकाल्दा शरीरबाट बाहिर आउने गर्दछ । यी कणहरुको तौल यति धेरै हुँदैन कि यो हावासँग उडेर टाढा जान सकोस् । यी कणहरु चाँडै नै जमिनमा खस्ने गर्दछन् । 

रिपोर्टका अनुुसार वैज्ञानिकहरुले यो विषयमा विश्व स्वास्थ्य संगठनलाई खुुला रुपमा पत्र नै लेखेका छन् । 

रिपोर्टमा खोक्दा, हाच्छ्यू गर्दा वा जोडले बोल्दा संक्रमित व्यक्तिको मुखबाट निस्कने धेरै नै साना ड्रप्सलेट्स हावामा तैरिएर स्वस्थ व्यक्तिसम्म पुुग्नसक्ने उल्लेख छ । 

यसबाट दोस्रो व्यक्तिहरु संक्रमित हुुन सक्छन् । यस्तोमा वैज्ञानिकहरुले घरमा बस्दा पनि एन ९५ मास्क लगाउनुुपर्नेमा जोड दिएका छन् । 

वैज्ञानिकहरुले एक ठाउँबाट अर्काे ठाउँमा सजिलै जानसक्ने हावाका साना कणहरुले समेत मानिसहरुलाई संक्रमित पार्नसक्ने बताएका छन् । हावामा तैरिरहेका यस्ता साना कणहरु स्वास लिँदा शरीरभित्र प्रवेश गरी मानिसहरुलाई संक्रमित पार्नसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।  

-एजेन्सी