काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०%  रकम र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्यहरुलाई लागू गरेको छ । 

यसका साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३% ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको बताइएको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम आषाढ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको संस्थाको खातामा जम्मा गरिने भनिएको छ । 

संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७७ बैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता बैंशाख महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र ग्राहकहरुको खातामा जम्मा गरिने जानकारी दिएको छ । 


संस्थाले १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ भने रु. ४७ करोड ५५ लाख बरावरको प्राथमिक सर्वसाधारण शेयर निष्काशन ९क्ष्एइ० निकट भविष्यमा जारी गर्न लागेको जनाएको छ ।