काठमाण्डौ । सिभिल बैंक लिमीटेडले निश्कासन गर्न लागेको १० बराबर ४ को अनुपात(४० प्रतिशत) हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

नेप्सेमा प्रकाशित एक सूचना अनुसार यो बैंकले हकप्रद प्रयोजनका लागि मंसिर ५ गतेलाई बुक क्लोजको मिति तोकेको हो । 

यसको अर्थ मंसिर ४ गतेसम्म सिभिल बैंकको सेयर खरीद गर्ने सेयरधनीले मात्र ४० प्रतिशत हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

धितोपत्र बोर्डले यो बैंकले ४० प्रतिशत हकप्रद निश्कासनका लागि कात्तिक ५ गते स्वीकृति दिएको थियो । 

सिभिल बैंक लिमीटेडले १०० रुपैयाँ अंकित मूल्यका कुल २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ७ अर्ब २५ करोडको उचाईमा पुुग्नेछ ।