काठमाण्डौ । देवः विकास बैंकले जारी गर्न लागेको ४० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

बैंकले आगामी फागुन १७ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ यो बैंकको हकप्रद सेयर खरीद गर्न चाहनेले फागुन १६ गतेभित्र बैंकको सेयर खरीद गरिसक्नुुपर्नेछ । 

धितोपत्र बोर्डले गत माघ २६ गते यो बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिएको थियो । 

एनआइबिएल क्यापिटल बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि २ अर्ब २८ करोडको उचाईमा पुुग्नेछ । 

चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले १४ करोड ६ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो बैंकले जारी गर्न लागेको ६५ करोड ३३ लाख १० हजार ८ सय ५९ रुपैयाँ बराबरको हकप्रदलाई देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी, इक्रा नेपालले ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था आधारभूत भन्दा कमजोर बन्ने हो ।