काठमाण्डौ । कारको दुनियाँमा बुुगाटीले नयाँ रेकर्ड बनाएर दुनियाँलाई आश्चर्यचकित बनाइदिएको छ । जर्मनीमा यो कम्पनीको एक शक्तिशाली कारले नयाँ विश्व रेकर्ड बनाएको हो । बुुगाटी चिरोनको कारले मात्र ४१.९६ सेकेण्डमा ४००.७२७ किलोमिटर प्रतिघण्टाको स्पीड पक्रिएको छ र तुुरुन्तै जीरोमा समेत आयो । अटोको विश्वमा यो खबरले तहल्का मच्चिरहेको छ । यो सफल टेस्टपछि कम्पनी निकै उत्साहित रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

कम्पनीका अनुसार ८ लिटर इञ्जिनबाट १५०० बिएचपी पावर उत्पादन गर्ने क्षमता राख्ने बुगाटी चिरोन अहिलेसम्म बनाइएको हाइपर कारहरुमध्ये सबैभन्दा बढी पावरफूल रहेको छ । कम्पनीले पहिलो चरणमा ५०० चिरन बनाइरहेको छ, जसमध्ये ३ सय कार पहिला नै बुक भइसकेको छ । यो कारको मूल्य २६ करोड भन्दा माथि रहेको छ । 

विश्वकै चर्चित कार रेसर जुुआन पाब्लो मोन्टायाले ४१.९६ सेकेण्डमा कारलाई ४०० किलोमिटर प्रतिघण्टा भन्दा माथिको गतिमा दौडाएका थिए । यो दौरान कारले कुल करिब ३ किलोमिटरको यात्रा तय गरेको थियो । टेस्ट राइडपछि उनले भनेका छन् कि यो गाडी अविश्वसनीय रुपले तीव्र छ र यसले तपाईको सासलाई नै रोकिदिन्छ । यसको ब्रेकिङ समेत निकै अविश्वसनीय छ । यो कारलाई उनले सुपर स्पोर्टस पनि भनेका छन् ।