काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेका १३६ स्थानमध्ये ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

हालसम्म १ स्थानमा जित हासिल गर्दै कांग्रेस पहिलो स्थानमा छ । २ नम्बर प्रदेशमा समेत पहिलो र दोश्रो चरणको निर्वाचन झै पहिलो स्थान हासिल गर्छौ भन्ने स्वघोषणा गरेको एमाले भने पाँचौ स्थानमा सीमित बन्न पुुगेको छ । 

प्रदेश २ मा ९ स्थानमा जित हासिल गर्दै माओवादी दोश्रो स्थानमा छ भने ८ स्थानमा जित्दै राजपा चौथो स्थानमा छ । संघीय समाजवादी फोरमले ७ स्थानमा जितेको छ । एमालेले भने ५ स्थानको आफ्नो जितलाई बढाउन सकेको छैन । फोरम लोकतान्त्रिक २ स्थानमा जित हासिल गर्दै जित्नेको सूचिमा अन्तिम स्थानमा छ । 

हालसम्म कहाँ कसले जित्यो ? हेरौं सूचि:

कांग्रेस

  1. धनुषाको क्षिरेश्वर नगरपालिका 
  2. धनुषाको औरही गाउँपालिका
  3. धनुषाको जनक नन्दनी गाउँपालिका 
  4. धनुषाको धनौजी गाउँपालिका 
  5. सर्लाहीको हरिपुर्वा नगरपालिका
  6. सर्लाहीको धनकौल गाउँपालिका 
  7. सर्लाहीको रामनगर गाउँपालिका 
  8. सप्तरीको विष्णुपुर गाउँपालिका 
  9. सप्तरीको बेल्हीचपेना गाउँपालिका 
  10. सिरहाको नवराजपुर गाउँपालिका 
  11. सिरहाको कल्याणपुर नगरपालिका
  12. रौतहटको परोहा नगरपालिका 
  13. बाराको करैयामाई गाउँपालिका 
  14. महोत्तरीको लोहारपट्टी नगरपालिका

माओवादी केन्द्र

  1. सिरहाको मिर्चैया नगरपालिका
  2. सिरहाको कर्जन्हा नगरपालिका 
  3. सिरहाको अर्नमा गाउँपालिका 
  4. सिरहाको औरही गाउँपालिका 
  5. रौतहटको मौलापुर नगरपालिका 
  6. रौतहटको यमुनामाई गाउँपालिका 
  7. महोत्तरीको गौशाला नगरपालिका 
  8. महोत्तरीको सम्सी गाउँपालिका 
  9. पर्साको ठोरी गाउँपालिका 

राजपा

  1. सप्तरीको डाक्नेश्वरी नगरपालिका 
  2. सप्तरीको रुपनी गाउँपालिका 
  3. सर्लाहीको कौडेना गाउँपालिका 
  4. सर्लाहीको ब्रम्हपुरी गाउँपालिका 
  5. धनुषाको हंसपुर नगरपालिका 
  6. बाराको देवताल गाउँपालिका 
  7. महोत्तरीको महोत्तरी गाउँपालिका 
  8. पर्साको कालिकामाई गाउँपालिका 

समाजवादी फोरम

  1. सिरहाको विष्णुपुर गाउँपालिका 
  2. सिरहाको भगवानपुर गाउँपालिका 
  3. सर्लाहीको पर्सा गाउँपालिका 
  4. महोत्तरीको सोनमा गाउँपालिका 
  5. पर्साको विन्दवासिनी गाउँपालिका 
  6. बाराको पचरौता नगरपालिका
  7. सप्तरीको तिरहुत गाउँपालिका

एमाले

  1. धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका 
  2. धनुषाको बटेश्वर गाउँपालिका 
  3. सप्तरीको सप्तकोशी नगरपालिका 
  4. पर्साको पटेर्वा सुगौली गाउँपालिका 
  5. सिरहाको नरहा गाउँपालिका 

फोरम लोकतान्त्रिक

  1. रौतहटको ईशानाथ नगरपालिका 
  2. सर्लाहीको विष्णु गाउँपालिका