कठमाण्डौ । एक करोड वा त्यो भन्दा बढी रकम जम्मा गर्न तपाईले मासिक निकै ठूलो रकम बचत गर्नुपर्छ भन्ने सोच्नुु हुँदैछ भने तपाई गलत हुनुहुन्छ । आम रुपमा मानिसहरुले यस्तै सोंचका कारण जीवनमा धेरै पैसा जम्मा गर्न सक्दैनन् । तर तपाई ५ सय रुपैयाँ मासिक बचतबाट सुरु गरेर ३० वर्षको अवधिमा १.५ करोडदेखि २ करोडसम्म पैसा जम्मा गर्न सक्नुुहुन्छ । 

केही अन्तराष्टिय विज्ञहरुले दिएको सुुझाव अनुसार तपाईका लागि लगानीको यो सूत्र निकै सहज र सरल छ । तपाईले यो स्किमअन्तरत मासिक ५ सय रुपैयाँ लगानीबाट सुरु गर्न सक्नुहुन्छ । यो हिसाबले पहिलो वर्ष तपाईले कुल ६ हजार लगानी गर्नुहुन्छ । यसपछि तपाई प्रत्येक वर्ष आफ्नो मासिक लगानीमा २० प्रतिशतको हिसाबले बढाउँदै जानुुहोस् । यो हिसाबले दोश्रो वर्षदेखि तपाईको लगानी मासिक ६ सय रुपैयाँ हुन पुुग्छ । यसैगरी, प्रत्येक वर्ष २० प्रतिशतको दरले लगानी बढाउँदै जाँदा ५ वर्षमा तपाईको मासिक लगानी १०३६ रुपैयाँ तथा १० वर्षमा २५८० रुपैयाँ हुन जान्छ । 

कहाँ गर्ने लगानी ?
तपाई यो स्किम अन्तरगत लामो समयका लागि लगानी गरिरहनुुभएको छ । यस्तो अवस्थामा तपाईले नेपालको म्युुचुुअल फण्डहरुमा लगानी गर्न सक्नुहुन्छ । नेपालका प्राय धेरै म्युुचुुअल फण्डहरुले वार्षिक १० देखि २० प्रतिशतको रेञ्जमा इकाईधनीहरुलाई रिटर्न दिइरहेका छन् । 

लामो समयको लगानीमा यसरी मिल्छ फाइदा
लामो समयका लागि लगानी गर्दा तपाईलाई कम्पाउण्डिंगको फाइदा प्राप्त हुन्छ । तपाईलाई पहिलो वर्षको लगानीबाट जुन रिटर्न प्राप्त हुन्छ, दोश्रो बर्ष लगानी तथा त्यो रिटर्नलाई जोडेर बन्ने राशिमा फेरि रिटर्न प्राप्त हुन्छ, यसैलाई कम्पाउण्डिंग भनिन्छ । यसकारण लामो समयका लागि कम्पाउण्डिंगका कारण तपाईको लगानी तीव्र गतिमा बढिरहेको हुन्छ । 

माथि उल्लेखित सूत्र अनुसार १० प्रतिशत मात्रै वार्षिक रिटर्न आयो भने पनि ५ वर्षमा तपाईले ५२ हजार ६६९ रुपैयाँ जम्मा गरिसक्नुुभएको हुनेछ । १० वर्षमा यो रकम २ लाख १५ हजार ८८० रुपैयाँको उचाईमा पुगिसकेको हुन्छ । १५ वर्षमा ६ लाख ७३ हजार ७ सय ८६ रुपैयाँ पुगिसकेको हुन्छ । २० वर्षमा १८ लाख ९६ हजा ६ सय ६ रुपैयाँ तथा २५ वर्षमा ५० लाख ७३ हजार ६ सय ९१ रुपैयाँ पुुगिसकेको हुन्छ । ३० वर्षमा यो रकम १ करोड ३१ लाख ९५ हजार ६सय १५ रुपैयाँ हुनेछ । कति रिटर्न हुँदा कति रकम जम्मा हुन्छ, टेबल हेरौं :

रिटर्नको ग्यारेण्टी चाहि हुन्न है
म्युुचुुअल फण्डको लगानी बजारको जोखिमसँग जोडिएको हुन्छ । त्यसकारण यस्तो अवस्थामा तपाईले लगानीको निर्णय गर्नुअघि म्युचुुअल फण्डको कागजात तथा त्यसको अवस्थाको बिषयमा राम्रोसँग अध्ययन गर्नुपर्छ । कुनै पनि म्युुचुुअल फण्डमा लगानी गर्दा १० वा १२ वा १५ प्रतिशत नै रिटर्न आउँछ नै भन्ने ग्यारेण्टी चाहि हुँदैन । त्यसकारण कुनै स्कीममा लगानी गर्नुअघि तपाईले लामो समयसम्म स्कीमको प्रदर्शनको सही आँकलन, फण्डको अवस्था तथा त्यस्ता फण्डहरुको प्रवद्र्धन गर्नेहरुको रेकर्ड समेत हेर्नुपर्छ । राम्रो फण्डमा लगानी गरे वार्षिक १५ प्रतिशत भन्दा बढी रिटर्न समेत प्राप्त हुनसक्छ ।