काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद बिक्रीको निर्णय गरेको छ । 

जेठ १७ गते बसेको कम्पनी संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयरको पूँजीकरणपछि कायम हुन आउने चुक्तापूँजीको ५० प्रतिशतको दरले हकप्रद वितरणको निर्णय गरेको हो । 

यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ छ । ८ प्रतिशत बोनस सेयर र त्यसपछि ५० प्रतिशत हकप्रद बिक्री गरिसकेपछि कम्पनीको चुक्तापूँजी ८९ करोड १० लाखको उचाईमा पुुग्नेछ।