काठमाण्डौ । सामसङ नेपालले आफ्नो अत्यधिक लोकप्रिय ग्यालेक्सी ए सेरिज(२०१६)को सफलतालाई निरन्तरता दिंदै अब नयाँ ५.७ इञ्चको ग्यालेक्सी ए सेभेनलाई नेपाली बजारमा ल्याएको छ । 

ग्यालेक्सी ए सेभेन(२०१७)ले सामसङको आधुनिक डिजाइन तथा नवीनतम टेक्नोलोजी प्रस्तुत गर्दै ग्राहकहरुलाई दमदार प्रदर्शनका साथ आपूm अनुरुप फोनको उपयोग गर्ने अधिकतम सुविधा प्रदान गरेको बताइएको छ । 

कभ्र्ड ग्लास तथा मेडल बडीसहित एक आकर्षक र हार्मोनियस प्रिमियम डिजाइनका साथै नयाँ डुुअल सिम ग्यालेक्सी ए सेरिजमा पानी, बालुवा, धूलो तथा पसिनाबाट बचाउने फिचरको साथमा इनह्यान्स्ड क्यामेरा फिचर तथा फिंगर प्रिन्ट स्क्यानरको सुविधा समेत थपिएको छ । सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर, मोबाइल बिजनेस, प्रणय रत्न स्थापितकाका अनुसार ग्राहकहरुको आवश्यकता अनुरुप नवीनतम परिवर्तनहरु गर्दै बजारकै सबैभन्दा आधुनिक तथा एड्भान्स्ड् प्रोडक्ट उपलब्ध गराउन सामसङ प्रतिबद्ध रहेको छ । 

ग्यालेक्सी ए सेभेन ब्ल्याक स्काई तथा गोल्ड स्यान्ड गरी दुुई रंगमा उपलब्ध हुने बताइएको छ । ग्राहकहरुलाई यो फोन ५४ हजार ९ सय रुपैयाँमै खरीद गर्न सकिने सुुविधा प्रदान गरिएको छ । लञ्च अफरको रुपमा ३२ जीबीको माइक्रो एसडी कार्ड, एंकर पावर ब्यांक लगायतका एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ । 

यस्ता छन् ग्यालेक्सी ए सेभेन(२०१७)का विशेषता :