काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकसहितको ५ वटा कम्पनीको १ करोड ९१ लाख कित्ता बोनस र हकप्रद शेयर कारोबारका लागि सूचिकृत गरेको छ । 

यसको अर्थ, लगानीकर्ता जसले यी पाँचकम्पनीको बोनस र हकप्रद शेयर राखेका छन्, अब बिक्री गर्न सक्नेछन् । यसका साथै रिलायन्स लोटस फाइनान्स लिमीटेडको साधारण शेयर पनि नेप्सेमा सूचिकृत भएको छ । 

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनश शेयर, कामना विकास बैंकको ११ लाख ११ हजार ९ सय ५८ कित्ता बोनस शेयर, डिप्रोक्स डेभलपमेन्ट बैंकको ८ लाख ५९ हजार ७ सय ४६ कित्ता बोनश शेयर, एस डेभलपमेन्ट बैंक लिमीटेडको ११ लाख ५० हजार ९ सय ५ कित्ता बोनस शेयर, कावेली विकास बैंकको ६८ हजार ८ सय कित्ता बोनस शेयर तथा १ लाख ७२ हजार कित्ता हकप्रद शेयर सूचिकृत भएका छन् । यसैगरी, रिलान्यस लोटस फाइनान्स लिमीटेडको ५ लाख १४ हजार  २ सय ८६ कित्ता साधारण शेयर समेत सूचिकृत भएको बताइएको छ ।