काठमाण्डौ । पाँच मिनेटमै तपाईको स्मार्टफोन चार्ज हुन्छ भनेर पत्याउनुुहुन्छ ? अब नपत्याई नहुने भयो । इजरायलको एउटा मोवाइल कम्पनीले आगामी वर्षसम्म मात्र ५ मिनेटभित्र फूल चार्ज हुने स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । 

स्मार्टफोन यति छोटो समयमै चार्ज हुने यो प्रविधिको सन् २०१५ मै प्रदर्शनी भएको थियो । इजरायलको स्टार्टअप कम्पनी स्टोरडटले आफ्नो फ्ल्यास ब्याट्रीको लस भेगसमा आयोजित सीईएस टे शोमा देखाइएको थियो । 

स्टार्टअपको मुख्य कार्यकारी डोरोन मायर्सडोर्फले बीबीसीसँग कुरा गर्दै भनेका छन् कि यो विचित्रको स्मार्टफोनको उत्पादन सन् २०१८ देखि सुरु हुनेछ । तर कतिपय विश्लेषकहरुले भने कम्पनीको यो दाबीमाथि शंका व्यक्त गरेका छन् । 

यो कम्पनीको ब्याट्रीमा यस्तो सामाग्रीको प्रयोग गरिएको छ, जसले यसलाई परम्परागत ब्याट्रीबाट फरक देखाउनेछ । यो प्रविधिमा निकै साना म्याटेरियलहरु प्रयोग गरिएको छ । 

त्यसो त यसअघि देखाइएको ब्याट्री अन्य स्मार्टफोनको भन्दा केही मोटो देखिएको थियो । तर, मायर्सडोर्फको दाबी अनुसार सन् २०१८ बाट उत्पादन हुने ब्याट्री पातलो र शक्तिशाली समेत हुनेछ ।