काठमाण्डौ । कम्युनिष्ट सरकारले आगामी ५ वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने नेपाली युवाहरुको बाध्यता अन्त गर्ने निकै महत्वकांक्षी घोषणा गरेको छ । 

सोमबार संघीय संसदको दुवै सदन समक्ष राष्टपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो महत्वकांक्षी लक्ष्य समेटिएको हो । 

विदेश जाने युवाहरुको बाध्यतालाई रोक्नैका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्ने समेत घोषणा गरेको छ । 

यसैबीच, सरकारले नतिजामूखी आयोजनामात्र अगाडि बढाइने लक्ष्य राखेको र यसका लागि प्रधानमन्त्री कार्यालयबाट अनुगमनको पनि अनुगमन हुने भएको छ । 

सरकारले एकवर्षभित्र निजी आवासको पुननिर्माण गर्दै तीन वर्षभित्र धरहरा, काष्ठमण्डप र रानीपोखरी निर्माण गर्ने योजना समेत अगाडि सारेको छ ।