काठमाण्डौ । भनिन्छ पैसा कमाउन उति सजिलो छैन । यसका लागि निकै कडा मेहेनत गर्नुपर्छ । तर विश्वमा एउटा ठाउँ यस्तो पनि छ, जहाँ ६० दिन आफ्नो बेडमै सुतेर १७ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । फ्रान्सका केही सोधकर्ता यस्तै युवाहरुको खोजी गरिरहेका छन्, जो धेरै दिनसम्म सुत्न सकून् । 

कसरी पाइएला १७ लाख रुपैयाँ ?
टेलिग्राफ यूकेको एक रिपोर्ट अनुसार फ्रान्सको स्पेस मेडिसिन इन्स्टिच्यूटको एक अध्ययनका लागि यस्ता स्वयम्सेवकहरुको आवश्यकता छ, जो शारिरीक रुपमा पनि स्वस्थ हुन् । सो व्यक्तिले ९० दिनसम्म अध्ययन केन्द्रमै बस्नुुपर्ने हुन्छ । यो शोधको पूरा गर्नेवाला स्वयम्सेवकलाई इन्स्टिच्यूटको तर्फबाट करिब १७ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार दिइनेछ । 

यसरी बिताउनुपर्ने हुन्छ ६० दिन
यो काम उति सजिलो भने छैन । जो व्यक्ति यो कामका लागि छनौटमा पर्छ, उसले सबै दैनिक काम ओछ्यानमै गर्नुपर्ने हुन्छ । सो व्यक्तिले २४ घण्टासम्म एउटै पोजिसिनमा रहेर सुत्न सक्नुुपर्छ, पोजिसन परिवर्तन गर्न पाइदैन । 

यसरी छनौट गरिनेछ स्वयम्सेवकको
यो कामका लागि छनौटमा पर्नुअघि स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गराउनुपर्छ । यो क्रममा तपाईको शरीरको हरेक गतिविधिमा विज्ञ तथा चिकित्सकहरुले ध्यान दिन्छन् । तपाईको वजन कति छ, तपाई के काम गर्नुहुन्छ भन्ने जस्ता बिषय पनि प्राथमिकताका साथ हेरिन्छ । यो कामका लागि आवश्यक व्यक्ति धुम्रपान, मध्यपान नगर्ने हुनुपर्छ भने उसको उमेर २० देखि ४५ बर्षभित्रको हुनुपर्छ । 

खासगरी यो इन्स्टिच्यूटले यस्ता व्यक्तिमार्फत भाररहित वातावरणमा काम गर्ने अन्तरिक्ष यात्रीको अवस्थामा सुधार ल्याउने उपाय खोज्न चाहन्छ । यहीकारण, स्वयम् सेवक छान्नुुअघि हरेक किसिमको टेस्ट गरिन्छ । 

शोध पूरा भएपछि आगामी १ महिनासम्म स्वयम्सेवकलाई आरामसाथ बेडमै बस्न समेत दिइन्छ । जसका कारण उसको शरीर पुनः पहिलाकै अवस्थामा फर्कियोस् ।