काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले निकट भविष्यमै ६४ करोड ५० लाख मूल्य बराबरको आइपीओ जारी गर्ने भएको छ । 

कम्पनीले जारी पूँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्ने भएको हो । 

यो कम्पनीले सर्वसाधारणमा आइपीओ निश्कासनको विशेष प्रस्तावसहित आगामी कात्तिक १३ गते प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय(सिद्धार्थनगर, रुपन्देही)मा वार्षिक साधारणसभा आयोजना हुनेछ । 

सो साधारणसभामा कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावलीमा संसोधन तथा संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ संचालकको निर्वाचनको प्रस्ताव समेत पेश हुनेछ ।