काठमाण्डौ । साधना लघुवित्तको आइपीओ खरीदका लागि आवेदन दिएका ३ लाख ८१ हजार ६७७ जना खालि हात भएका छन् । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको मुख्य कार्यालयमा भएको बाँडफाँडको क्रममा ठूलो संख्याका आवेदकको हात खालि भएको हो ।

बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी सबैको हात खालि भएकोछ । 

यो लघुवित्तले असार २१ गतेदेखि आइपीओ निश्कासन गरेको थियो । कुल निश्कासित ७ लाख ७ हजार ८ सय कित्तामध्ये १० हजार ८९० कित्ता कर्मचारीहरुका लागि र ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

यो लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयरका लागि आवेदन परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार आइपीओ खरीदका लागि आवेदन दिएका ७९१ जनाको आवेदन रद्ध भयो । 

रिजल्ट केहीबेरपछि ।