काठमाण्डौ । प्रदेश २ अन्तर्गत असोज २ गते सम्पन्न भई जारी मतगणनाको क्रममा अन्तिम मत परिणाम सार्वजनिक भएका ६८ स्थानमध्ये नेपाली कांग्रेस २२ स्थानमा जित्दै पहिलो स्थानमा कायमै छ । 

माओवादीले आफ्नो सुरुवाती अवस्थलाई सुधार गर्दै १३ स्थानमा जित हासिल गरी दोश्रो स्थानमा उक्लिएको छ । राजपा र संघीय समाजवादी फोरम ११ ११ स्थानमा जित्दै तेश्रो स्थानका लागि टक्करमा छन् । 

एमाले ८ स्थानमा जित हासिल गर्दै पहिलाकै अवस्थामा छ भने फोरम लोकतान्त्रिकको जित २ स्थानभन्दा बढ्न सकेको छैन । नेपाली जनता दलले समेत एकस्थानमा बाजी मारेको छ । 

पछिल्लो अपडेट अनुसार आउनुहोस्, कुन स्थानमा कस्ले जित्यो, हेरौं सूचि :

कांग्रेस

  1. धनुषाको औरही गाउँपालिका 
  2. धनुषाको जनक नन्दनी गाउँपालिका 
  3. धनुषाको धनौजी गाउँपालिका 
  4. धनुषाको क्षिरेश्वर नगरपालिका
  5. धनुषाको धनुषाधाम नगरपालिका 
  6. सर्लाहीको रामनगर गाउँपालिका 
  7. सर्लाहीको हरिपुर्वा नगरपालिका 
  8. सर्लाहीको धनकौल गाउँपालिका 
  9. रौतहटको चन्द्रपुर नगरपालिका 
  10. रौतहटको फतुवा विजयपुर नगरपालिका 
  11. रौतहटको परोहा नगरपालिका 
  12. रौतहटको गढीमाई नगरपालिका 
  13. सिरहाको कल्याणपुर नगरपालिका 
  14. सिरहाको नवराजपुर गाउँपालिका 
  15. सप्तरीको विष्णुपुर गाउँपालिका 
  16. सप्तरीको बेल्हीचपेना गाउँपालिका 
  17. महोत्तरीको लोहारपट्टी नगरपालिका 
  18. महोत्तरीको बलवा नगरपालिका 
  19. महोत्तरीको औरही नगरपालिका 
  20. बाराको करैयामाई गाउँपालिका 
  21. बाराको निजगढ नगरपालिका 
  22. पर्साको पर्सागढी नगरपालिका

माओवादी केन्द्र

  1. सिरहाको कर्जन्हा नगरपालिका 
  2. सिरहाको अर्नमा गाउँपालिका 
  3. सिरहाको औरही गाउँपालिका 
  4. सिरहाको मिर्चैया नगरपालिका 
  5. सिरहाको धनगढीमाइ नगरपालिका 
  6. रौतहटको मौलापुर नगरपालिका 
  7. रौतहटको यमुनामाई गाउँपालिका 
  8. महोत्तरीको गौशाला नगरपालिका 
  9. महोत्तरीको सम्सी गाउँपालिका 
  10. महोत्तरीको रामगोपालपुर नगरपालिका 
  11. पर्साको ठोरी गाउँपालिका 
  12. पर्साको छिपहरामाई गाउँपलिका 
  13. धनुषाको शहीदनगर नगरपालिका 

राजपा

  1. सर्लाहीको कौडेना गाउँपालिका
  2. सर्लाहीको ब्रम्हपुरी गाउँपालिका 
  3. महोत्तरीको मटिहानी नगरपालिका 
  4. महोत्तरीको महोत्तरी गाउँपालिका 
  5. सप्तरीको डाक्नेश्वरी नगरपालिका 
  6. सप्तरीको रुपनी गाउँपालिका 
  7. बाराको देवताल गाउँपालिका 
  8. बाराको परवानीपुर गाउँपालिका 
  9. धनुषाको हंसपुर नगरपालिका 
  10. पर्साको कालिकामाई गाउँपालिका 
  11. रौतहटको गौर नगरपालिका 

संघीय समाजवादी फोरम

  1. धनुषाको गणेशमान चारनाथ नगरपालिका 
  2. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका 
  3. बाराको पचरौता नगरपालिका 
  4. बाराको फेटा गाउँपालिका 
  5. सिरहाको विष्णुपुर गाउँपालिका 
  6. सिरहाको भगवानपुर गाउँपालिका 
  7. सर्लाहीको पर्सा गाउँपालिका 
  8. महोत्तरीको सोनमा गाउँपालिका 
  9. पर्साको विन्दवासिनी गाउँपालिका 
  10. सप्तरीको तिरहुत गाउँपालिका 
  11. रौतहटको देवाही गोनाही नगरपालिका 

एमाले

  1. सिरहाको नरहा गाउँपालिका 
  2. सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका 
  3. सिरहाको सुखीपुर नगरपालिका 
  4. धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका 
  5. धनुषाको बटेश्वर गाउँपालिका 
  6. धनुषाको मिथिला विहारी नगरपालिका 
  7. सप्तरीको सप्तकोशी नगरपालिका 
  8. पर्साको पटेर्वा सुगौली गाउँपालिका 

फोरम लोकतान्त्रिक

  1. रौतहटको ईशानाथ नगरपालिका 
  2. सर्लाहीको विष्णु गाउँपालिका 

नेपाली जनता दल

  1. पर्साको कालिका माई गाउँपालिका