काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रभू बैंकले १ अर्ब बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

यस्तै, बैंकले यो अवधिमा खूद नाफा अघिल्लो वर्षको तुलनामा ४.२२ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ३३ करोड रुपैयाँमा सीमित संचालन मुनाफा १ अर्ब ५० करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब १५ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ४५ करोडमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब १५ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ७१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष अवधिमा १ खर्ब ५ अर्ब बढी निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष ३ अर्ब ९० करोड रहेको रिजर्बको आकार घटेर ३ अर्ब ८५ करोडमा सीमित भएको छ । 

अघिल्लो वर्ष २.४७ प्रतिशतको अनुपातमा सीमित खराब कर्जा बढेर ३.१२ प्रतिशत पुगेको छ । सीसीडी रेसियो ७४.७ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड ६.२९ प्रतिशत, बेस रेट ९.४५ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको यही अवधिमा २३.४३ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.०५ रुपैयाँमा सीमित भएको छ भने समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १४७.६१ रुपैयाँ, पीई अनुपात  ११.३५ गुणा कायम भएको छ ।