काठमाण्डौ । दक्षिण कोरियाकी ६ वर्षकी बोरमले आफ्नो दुईवटा युट्युब च्यानलबाट एक वर्षमै करिब ८८ करोड रुपैयाँ कमाएकी छन्। यो पैसाबाट उनले राजधानी सियोलमा पाँचतले घर पनि किनेकी छन्।

सन् १९७५ मा सहरको मुख्य बजार इलाकामा बनेको यो भवन करिब २३८ वर्गमिटरमा क्षेत्रफलमा बनेको छ । यो भवनको अहिले बोरम परिवारकै कम्पनीले प्रयोग गरिरहेको छ। 

बोरमको च्यानल ३ करोडभन्दा बढी सब्सक्राइबर भएको छ । पहिलो टोय रिभ्यू च्यानल छ । यसको १.३६ करोड सब्सक्राइब भएको छ । दोस्रो च्यानल भिडियो ब्लग छ । यसको त झन् १.७६ करोड सब्सक्राइब भएको छ । यसमा बोरमले आफ्नो परिवारको दैनिक जीवनको भिडियो अपलोड गरेकी छन् । 

बोरमको युट्युब च्यानल दक्षिण कोरियामा सबैभन्दा धेरै मन पराइएको छ । संयुक्त रुपमा यो देशकै सबैभन्दा धेरै कमाइ गर्ने युट्युब च्यानल पनि हो । एक युजरले लेखेका छन्, ‘म पूरै जिन्दगीमा त्यति धेरै कमाउन नसकूँला जति बोरमले एक वर्षभित्रै युट्युबबाट कमाएकी छन् ।’

बोरमको पहिलो युट्युब च्यालनमा एउटा प्लास्टिकको टोय भान्सामा तीव्रगतिमा नुडल्स बनाइरहेको देखाइएको छ । अनि अचानक नुडल्स क्यामेरामा पोखिन्छ । यो भिडियोको सबैभन्दा धेरै ३७.६ करोड भुयर्स छन् । 

दोस्रो युट्युब च्यानलमा बोरमले आफूले बुवाको पर्सबाट कसरी पैसा चोर्ने गरेको देखाएकी छिन् । त्यसपछि उनले कार चलाउने कासिस गरिरहेको भिडियोमा देखाइएको छ । – एजेन्सी