काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरण अन्तगरत ७ उपमहानगरपालिकामध्ये एमालेले आफ्नो अग्रतालाई बिस्तार गरेको छ । एमालेले धरान र इटहरीमा समेत अग्रता लिंदा उसले ७ मध्ये ५ वटा उपमहानगरमा अग्रता हासिल गरेको हो । 

शनिवारसम्म २ वटा स्थानमा सीमित रहेको कांग्रेसको अग्रता आइतबार बिहानदेखि एउटामा सीमित बन्न पुुगेको छ । बाँकी एक स्थानमा राप्रपाको अग्रता छ । 

एमालेले धरान, इटहरी, तुल्सीपुर, बुटवल र घोराही उपमहानगरपालिकामा अग्रता लिएको हो । कांग्रेसले धनगढी र राप्रपाले नेपालगञ्जमा अग्रता लिएको छ । 

कुन उपमहानगरमा कसले कति मत ल्यायो ? हेरौं पछिल्लो अपडेट :
१.इटहरी उपमहानगरपालिका
मेयर र उपमेयर
एमाले : ५४३३/५२९५
कांग्रेस: ५३०४/५२७२

२.धरान उपमहानगरपालिका
मेयर र उपमेयर
एमाले : ४६३५/४७९६
कांग्रेस : ४२४३/४२३०

३.बुटवल उपमहानगरपालिका
मेयर र उपमेयर
एमाले  : ६२८९/६२८९
कांगे्रस : ६०६३/४३३२(माओवादी)

४.घोराही उपमहानगरपालिका
मेयर र उपमेयर
एमाले : १३६३१/१२७८२
कांग्रेस : ९९७२/१२२५६

५.तुल्सीपुर उपमहानगरपालिका
मेयर र उपमेयर
एमाले : ६८८७/६०२९
कांग्रेस : ४८४५/४९५६

६.धनगढी उपमहानगरपालिका
मेयर र उपमेयर
कांग्रेस : ३४९७/४००९
एमाले : २८५४/३५५७

७.नेपालगञ्ज उपमहानगरपालिका
मेयर र उपमेयर
राप्रपा : ६५०७/४८२९
कांग्रेस : ३९१२/४८४५
माओवादी : ३६२४/३२९६