काठमाण्डौ । सरकारले आगामी ७ वर्षभित्रमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति लिइएको घोषणा गरेको छ । 

उज्यालो नेपाल अभियान अन्तगर्त विशेष कार्यक्रम लागूू गरी आगामी ७ वर्षभित्रमा १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । 

उनका अनुसार समग्र ऊर्जा क्षेत्रको विकासको लागि सरकारले आगामी आवमा ६२ अर्ब ४७ करोड बजेट विनियोजन गरिएको छ ।

बुढीगण्डकीका लागि १०.१७ अर्ब
१२ सय मेगावाट क्षमताको जलाशययुक्त राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनका लागि सरकारले १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष पनि सरकारले जग्गा प्राप्ति र मुआब्जा वितरणका लागि भन्दै ५ अर्ब रुपैयाँ र पेट्रोलियम प्रदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वधार कर लगाएको थियो । पुनः सरकारले यस वर्ष पनि मुआब्जा वितरणका लागि भन्दै १० अब १७ करोड रकम विनियोजन गरेको हो । आयोजनाबाट प्रभावित गोरखा र धादिङको २७ गाविसका ५८ हजार रोपनी भन्दा बढी जग्गा डुबानमा पर्नेछ । मुआब्जा वितरणकै लागि करिब ६३ अर्ब लाग्ने सरकारी अनुमान छ ।