काठमाण्डौ । प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको छ ।

जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका र एक उप महानगरपालिकाको स्थानीय तहका लागि उम्मेदवारी दिएकमा मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको हो ।

निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मत नआए धरौटी जफत हुने  जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।