काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बुधबार ८ दशमलव ७४ अंकले बढेर १२६६.०८ मा पुगेको छ । 


बजार खुल्दा नेप्से परिसूचक १२५७.३७ अंकमा थियो । त्यसपछि बढोत्तरी भएको नेप्से १२६६.०८ मा पुगेर बन्द भएको हो । 

बुधबार शेयर बजारमा ९ लाख कित्ता शेयर २ हजार ३ सय ५८ वटा कारोबारबाट  खरीदबिक्री हुँदा ४९ करोड ९४ लाख रुपैयाँ बजारमा परिचालन भयो । 

सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.९८ र ०.७२ अंकले बढे । हाइडोपावर समूह बाहेक सबै समूहका सूचकमा हरियो देखियो । उत्पादन र केही अन्य समूहको सूचकले बुधबार दोहोरो अंकको प्रगति गरे ।