काठमाण्डौ । विश्वका धनाढ्यको सूचिमा चौथो स्थानमा रहेका सेयर बजारका बादशाह वारेन बफेट परोपकारी र दानवीर साथै सरल र सादगीपूर्ण जीवन यापनका लागि विश्वमा परिचित छन् । उनी आफ्नो दैनिक जीवनका लागि आवश्यक सामाग्रीहरु पनि सामान्य खालकै प्रयोग गर्ने गर्छन । 

उनले लामो समयसम्म सामसुुङको फिलीप फोन प्रयोग गरेका थिए । जसको मूल्यमात्रै २० डलर अर्थात नेपाली २४०० रुपैयाँ पर्ने गर्दछ । तर, अहिले उनले आफूले चलाउने मोबाइल परिवर्तन गरेका छन् । अहिले उनी सामसुुङको फिलीप फोनको साटो एप्पलको स्मार्टफोन आइफोन ११ प्रयोग गरिरहेका छन् । यसको खुुलासा वफेट आफैले एउटा अन्र्तवार्ता मार्फत गरेका हुुन् । उक्त अन्तर्वार्तामा उनले आफ्नो पुुरानो मोबाइल सधैंका लागि बन्द भएको र फोन नम्बर पनि परिवर्तन भएको बताएका छन् । जसको कारण आफूले आइफोन ११ प्रयोग गरिरहेको उनले जानकारी दिए । ‘म अरु मानिसले प्रयोग गरे जस्तो गरी मोबाइलको फिचर्स उपयोग गर्दिँन । म यो नयाँ फोनलाई एउटा सामान्य फोन जस्तै गरी उपयोग गरिरहेको छुु । यसमा गेम खेल्ने र सामाजिक सञ्जाल चलाउने काम गर्ने गरेको छैन ।’ उनलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । 

उनले आफूले आइफोन ११ नकिनेको र यो आफूले उपहारको रुपमा पाएको पनि बताए । वास्तवमा उनलाई आइफोन ११ उपहार दिनेमा अरु कोही नभई एप्पलका सिइओ टिम कुुक नै रहेछन् । यसअघि सन् २०१८ मा कुुकले आफू वारेन वफेटलाई आइफोन ११ चलाउन सिकाउन व्यक्तिगत रुपमा ओमाहा जान तयार रहेको बताएका थिए । वफेटको आइफोन निर्माता कम्पनी एप्पलमा ५.५ प्रतिशत हिस्सेदारी रहेको छ । त्यसैले वफेटले आइफोन प्रयोग गर्नुुलाई एउटा अहम् कदमको रुपमा लिइएको छ । 

ब्लुुमबर्ग बिलिनियर्स इन्डेक्सकाअनुुसार वारेन वफेटसँग ८७६० करोड डलर बराबरको सम्पत्ति रहेको छ । वफेटको कम्पनी बर्कसायर ह्याथवेले बितेको शनिबार कम्पनीको डिसेम्बर त्रैमासको नाफा २९.२ अर्ब डलर पुुग्ने जानकारी दिएको थियो ।–एजेन्सी