काठमाण्डौ । कोरोना संक्रमणले भयावह रुप लिएको भारतको महाराष्ट्र राज्यको एक अस्पतालबाट जुुन २ गतेदेखि हराइरहेको लाश ८ दिनपछि शौचालयमा भेटिएको छ । 

यो घटना महाराष्ट्र राज्यको जलगाव सिविल अस्पतालको भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

अस्पतालका अनुुसार कोरोना परीक्षणपछि संक्रमित देखिएकी एक महिलालाई जुुन १ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको एक दिनपछि ती महिला हराएको जानकारी प्राप्त भएको थियो । महिला हराएको जानकारी प्राप्त भएपछि प्रहरीमा उजुुरी समेत गरिएको थियो । 

अहिले अस्पतालको शौचालयमा ती महिलाको लाश भेटिएपछि अस्पताल परिसरमा हङ्गामा मच्चिएको छ । 

समाचारमा भनिएअनुसार अस्पतालका पदाधिकारीहरु र परिवारका सदस्यहरुले ८० वर्षीया महिला हराएको सूचना प्रहरीलाई दिएका थिए। 

महिला हराएको सूचना पाएपछि प्रहरीले महिलाको खोजीलाई तीव्र पारेको थियो । प्रहरीले सम्भाव्य ठाउँहरुमा खोजी गरेको थियो । यस क्रममा प्रहरीले सिसिटीभि फुुटेज पनि हेरेको थियो । मे २७ मा ती वृद्ध महिलामा कोरोना संक्रमण भएको पुुष्टि भएको थियो र जलगाव सिविल अस्पतालमा सिफ्ट गर्नुुभन्दा पहिले उनलाई अर्काे अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालका अधिकारीहरुका अनुुसार २ जुुनसम्म ती वृद्धा अस्पताल परिसरमै देखिएकी थिइन् । हराएको ८ दिनपछि अस्पतालको शौचालयबाट दुर्गन्ध आउन थालेपछि खोजिनीति गर्दा महिलाको शव कुुहिएको अवस्थामा भेटिएको र घटना बारे मृतक महिलाको परिवारलाई जानकारी दिइएको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालको शौचालय प्रत्येक दुुई–तीन दिनमा सफा गर्ने गरिएको र शौचालय जाने अन्यले समेत शव नदेखेको कुुराले आश्चर्यचकित भएको र यो लापरवाहीका लागि जिम्मेवार सबैलाई कारवाही गरिने अस्पताल प्रशासनले जनाएको छ । 
-एजेन्सी