काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकलाई प्रति कित्ता १ सय रुपैयाँ दरमै(प्रिमियम मूल्यबिना नै) एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको छ । 

बोर्डले साउन २३ गते सोमबार ग्रामीण विकास बैंकलाई ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । 

सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण विकास बैंकको दोश्रो बजारको कारोबार मूल्य प्रतिकित्ता ९४३ रुपैयाँ रहेको छ । प्रति कित्ता ९ सय ४३ रुपैयाँको दरले दोश्रो बजारमा कारोबार भइरहेको कम्पनीको एफपीओ १ सय रुपैयाँमै पाउने भएपछि यसमा लगानीकर्ताहरुको घूँयचो लाग्ने प्रष्ट छ । 

यो बैंकको मूल्य केही साताको अवधिमा बढेर निकै माथि पुुगेको हो । २६ दिनअघिसम्म यो कम्पनीको मूल्य दोश्रो बजारमा प्रति कित्ता ७ सय ५३ रुपैयाँमा किनबेच भइरहेको थियो । 

ग्रामीण विकास बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभूू क्यापिटल लिमीटेडले गर्नेछ । बोर्डबाट स्वीकृति पाएपछि अब केही दिनभित्रै आह्वानपत्र प्रकाशन गरी एफपीओ निश्कासनको प्रक्रिया थालिने बिक्री प्रबन्धक प्रभूू क्यापिट लिमीटेडका एक अधिकारीले बिजशालालाई जानकारी दिए ।