काठमाण्डौ । स्थानीय तहको तेश्रो तथा अन्तिम चरणको निर्वाचन अन्तरगत १३६ तहमध्ये ९४ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ३१ स्थानमा जित हासिल गर्दै कांग्रेस अग्रस्थानमा छ । उसले १९ नगरपालिका र १२ गाउँपालिकामा जित हासिल गरेको हो । 

यस्तै, १० नगरपालिका र ७ गाउँपालिकामा जित हात पार्दै माओवादी केन्द्र दोश्रो स्थानमा छ । ६ नगरपालिका १० गाउँपालिकामा जित हासिल गर्दै संघीय समाजवादी फोरम तेश्रो स्थानमा छ । 

राजपा भने १५ स्थानमा जित हासिल गर्दै चौथो स्थानमा छ । ७ नगरपालिका र ८ गाउँपालिकामा उसले जित हासिल गरेको हो । 

एमाले ६ नगरपालिका र ५ गाउँपालिकामा जित्दै पाँचौ स्थानमा छ । नेपाल लोकतान्त्रिक फोरमले एक नगरपालिका र २ गाउँपालिकामा जित हासिल गरेको छ । नेपाली जनता दल र नयाँशक्ति पार्टी नेपालले १ १ स्थानमा हात पारेका छन् । 

कसले कुन क्षेत्रमा जित हासिल गर्यो ? हेरौं सूचि:

कांग्रेसले जितेका स्थान

  1. सप्तरीको कृष्णासवरन गाउँपालिका 
  2. सप्तरीको बेल्ही चपेना गाउँपालिका 
  3. सप्तरीको बिष्णुपुर गाउँपालिका 
  4. सप्तरीको सुरङ्गा नगरपालिका 
  5. सिराहाको कल्याणपुर नगरपालिका 
  6. सिराहाको नवराजपुर गाउँपालिका 
  7. धनुषाको क्षिरेश्वरनाथ नगरपालिका 
  8. धनुषाको धनुषाधाम नगरपालिका 
  9. धनुषाको कमला नगरपालिका 
  10. धनुषाको जनकनन्दिनी गाउँपालिका 
  11. धनुषाको औरहि गाउँपालिका 
  12. धनुषाको धनाउजी गाउँपालिका 
  13. धनुषाको नगराइन नगरपालिका 
  14. सर्लाहीको हरिपुर्वा नगरपालिका 
  15. सर्लाहीको बसबरिया गाउँपालिका 
  16. सर्लाहीको धनकौल गाउँपालिका 
  17. सर्लाहीको रामनगर गाउँपालिका 
  18. महोत्तरीको लोहरपट्टी नगरपालिका 
  19. महोत्तरीको औरही नगरपालिका 
  20. महोत्तरीको बलवा नगरपालिका 
  21. बाराको सिम्रौनगढ नगरपालिका 
  22. बाराको करैयामाई गाउँपालिका 
  23. बाराको निजगढ नगरपालिका 
  24. पर्साको पर्सागढी नगरपालिका 
  25. रौतहटको चन्द्रपुर नगरपालिका 
  26. रौतहटको गढीमाई नगरपालिका 
  27. रौतहटको परोहा नगरपालिका 
  28. रौतहटको राजदेवी नगरपालिका 
  29. रौतहटको फतुबाबिजयपुर नगरपालिका 
  30. रौतहटको वृद्धावन नगरपालिका 
  31. रौतहटको दुर्गाभवगती गाउँपालिका 

माओवादीले जितेका स्थान

  1. सिराहाको मिर्चैया नगरपालिका 
  2. सिराहाको धनगढीमाई नगरपालिका 
  3. सिराहाको कर्जन्हा नगरपालिका 
  4. सिरहाको गोलबजार नगरपालिका 
  5. सिराहाको औरही गाउँपालिका 
  6. सिराहाको अर्नमा गाउँपालिका 
  7. धनुषाको शहिदनगर नगरपालिका 
  8. धनुषाको विदेह नगरपालिका
  9. महोत्तरीको गौशाला नगरपालिका 
  10. महोत्तरीको साम्सी गाउँपालिका 
  11. महोत्तरीको रामगोपालपुर नगरपालिका 
  12. सर्लाहीको बागमती नगरपालिका  
  13. सर्लाहीको चक्रघट्टा गाउँपालिका 
  14. पर्साको ठोरी गाउँपालिका  
  15. पर्साको छिपहरमाई गाउँपालिका 
  16. रौतहटको मौलापुर नगरपालिका 
  17. रौतहटको यमुनामाई गाउँपालिका 

समाजवादी फोरम

  1. सप्तरीको बोदेबरसाइन नगरपालिका 
  2. सप्तरीको तिरहुत गाउँपालिका 
  3. सप्तरीको वलान–विहुल गाँउपालिका 
  4. सिराहाको भगवानपुर गाउँपालिका 
  5. सिराहाको बिष्णुपुर गाउँपालिका 
  6. सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 
  7. धनुषाको गणेशमान चारनाथ नगरपालिका 
  8. धनुषाको लक्ष्मिनिया गाउँपालिका 
  9. सर्लाहीको पर्सा गाउँपालिका 
  10. महोत्तरीको सोनमा गाउँपालिका 
  11. बाराको पचरौता नगरपालिका 
  12. बाराको फेटा गाउँपालिका 
  13. पर्साको बिन्दबासिनी गाउँपालिका 
  14. रौतहटको बौधीमाई नगरपालिका 
  15. रौतहटको देवाही गोनाही नगरपालिका 
  16. रौतहटको माधवनारायण नगरपालिका 

राजपा

  1. सप्तरीको डाक्नेश्वरी नगरपालिका 
  2. सप्तरीको रुपनी गाउँपालिका 
  3. सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका
  4. धनुषाको हंसपुर नगरपालिका 
  5. सर्लाहीको बलरा नगरपालिका 
  6. सर्लाहीको कौडेना गाउँपालिका 
  7. सर्लाहीको ब्रम्हापुरी गाउँपालिका  
  8. महोत्तरीको भँगाहा नगरपालिका 
  9. महोत्तरीको मटिहानी नगरपालिका 
  10. महोत्तरीको महोत्तरी गाउँपालिका 
  11. महोत्तरीको एकडारा गाउँपालिका 
  12. बाराको देवताल गाउँपालिका 
  13. बाराको परवानीपुर गाउँपालिका 
  14. रौतहटको गौर नगरपालिका 
  15. रौतहटको गुजरा नगरपालिका 

एमाले

  1. सप्तरीको सप्तकोशी नगरपालिका 
  2. सिराहाको सुखीपुर नगरपालिका 
  3. सिराहाको लहान नगरपालिका 
  4. सिराहाको नरहा गाउँपालिका 
  5. सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका 
  6. धनुषाको मिथिला नगरपालिका 
  7. धनुषाको बटेश्वर गाउँपालिका 
  8. धनुषाको मिथिला बिहारी नगरपालिका 
  9. धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका 
  10. पर्साको पटेर्वा सुगौली गाउँपालिका 
  11. सर्लाहीको लालबन्दी नगरपालिका 

लोकतान्त्रिक फोरम

  1. सर्लाहीको विष्णु गाउँपालिका 
  2. बाराको विश्रामपुर गाउँपालिका 
  3. रौतहटको ईशनाथ नगरपालिका 

नेपाली जनता दल

  1. पर्साको कालीकामाई गाउँपालिका 

नयाँशक्ति पार्टी नेपाल

  1. सप्तरीको छिन्नमस्ता गाउँपालिका