काठमाण्डौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । 

९० काटेका तीन उम्मेदवार
बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी, सुनसरीको कोसी गाउँपालिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ । 

६ जना स्वतन्त्र
८० कटेका ५१ जना ज्येष्ठ नागरिकमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसमा पनि कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिने देवकुमार भारती र रुपन्देहीको लुम्बिनी नगरपालिकामा वडाअध्यक्षमा उम्मेदवारी दिने कोदई यादव ८९ वर्षका छन् । ४५ जनाले कांग्रेस, एमाले, माओवादी, राप्रपा, समाजवादी फोरम र नयाँ शक्तिलगायत दलबाट उम्मेदवारी दिएका छन् ।

८० काटेका ५१ जना उम्मेदवारमध्ये सबैभन्दा बढी राप्रपाका छन् । राप्रपाबाट उम्मेदवारी दिनेमा २० जना छन् ।

यस्ता छन् वृद्ध उम्मेदवार
-९८ वर्ष : विष्णुबहादुर रावल (कांग्रेस), वडाअध्यक्ष (दुर्गाथली गाउँपालिका), बझाङ

-९५ वर्ष : टेकबहादुर तामाङ (एमाले), सदस्य (चम्पादेवी गाउँपालिका), ओखलढुंगा

-९३ वर्ष : सफिद मियाँ (एमाले), सदस्य (कोसी गाउँपालिका), सुनसरी

-८९ वर्ष : कोदई यादव (स्वतन्त्र), वडाअध्यक्ष (लुम्बिनी सांस्कृतिक नगरपालिका), रुपन्देही

-८९ वर्ष : देवकुमार भारती (स्वतन्त्र), मेयर (शिवराज नगरपालिका), कपिलवस्तु

-८९ वर्ष : ललिराम थारू (राप्रपा), सदस्य (बैजनाथ गाउँपालिका), बाँके

-८८ वर्ष : ननकउ खाँ पठान (परिवार दल), सदस्य (जानकी गाउँपालिका), बाँके

-८७ वर्ष : टेकबहादुर मगर (राप्रपा), सदस्य (खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका), धनकुटा

-८७ वर्ष : दिलबहादुर राई (स्वतन्त्र), वडाअध्यक्ष (जन्तेढुंगा गाउँपालिका), खोटाङ

-८७ वर्ष : दिलबहादुर राई (स्वतन्त्र), वडाअध्यक्ष (जन्तेढुंगा गाउँपालिका), खोटाङ

-८७ वर्ष : हीरामणि शर्मा पोखरेल (स्वतन्त्र), वडाअध्यक्ष (इटहरी उपमहानगर), सुनसरी

-८६ वर्ष : जशोधरा चमारनी (लोकतान्त्रिक फोरम), दलित सदस्य (गुलरिया नगरपालिका), बर्दिया

-८५ वर्ष : टेढे खाँ (राप्रपा), सदस्य (नरैनापुर गाउँपालिका), बाँके

-८५ वर्ष : प्राग चमार (राप्रपा), सदस्य (महाराजगन्ज नगरपालिका), कपिलवस्तु

-८४ वर्ष : डम्बरबहादुर राई (राप्रपा), अध्यक्ष, फाकफोकथुम गाउँपालिक, इलाम

-८२ वर्ष : खड्गबहादुर कार्की (राप्रपा), वडाअध्यक्ष (गौरादह नगरपालिका), झापा

-८० वर्ष : पदमबहादुर यङया (राप्रपा), वडाअध्यक्ष (याङवरक गाउँपालिका), पाँचथर

-८० वर्ष : पदमबहादुर राई (राप्रपा), सदस्य (भद्रपुर नगरपालिका), झापा

-८० वर्ष : नारायणप्रसाद खरेल (स्वतन्त्र), सदस्य (भद्रपुर नगरपालिका), झापा

-८४ वर्ष : चन्द्रवीर लिम्बू (नयाँ शक्ति), सदस्य (मेन्छयायेम गाउँपालिका), तेह्रथुम

-८० वर्ष : वासुदेव भण्डारी (कांग्रेस), सदस्य (धनकुटा नगरपालिका), धनकुटा

-८१ वर्ष : पदमप्रसाद दाहाल (संघीय समाजवादी), सदस्य (पथरी शनिश्चरे नगरपालिका), मोरङ

-८३ वर्ष : खेमराज पोखरेल (कांग्रेस), वडाअध्यक्ष (इनरुवा नगरपालिका) सुनसरी

-८० वर्ष : मलिम साफी मियाँ (माओवादी केन्द्र), सदस्य (गढी गाउँपालिका) सुनसरी

-८० वर्ष : चौकबहादुर राई (कांग्रेस), वडाअध्यक्ष (साकेला गाउँपालिका), खोटाङ

-८० वर्ष : खड्गबहादुर खत्री (राप्रपा), वडाअध्यक्ष (खोटेहाङ गाउँपालिका), खोटाङ

-८१ वर्ष : बाबुराम कार्की (कांग्रेस), वडाअध्यक्ष (चौदण्डीगढी नगरपालिका), उदयपुर

-८१ वर्ष : रेवन्तबहादुर विष्ट (राप्रपा), मेयर (तानसेन नगरपालिका), पाल्पा

-८२ वर्ष : ताराप्रसाद पन्थी (राप्रपा), वडाअध्यक्ष (मालारानी गाउँपालिका), अर्घाखाँची

-८३ वर्ष : रामप्रसाद पन्थी (कांग्रेस), सदस्य (मालारानी गाउँपालिका), अर्घाखाँची

-८० वर्ष : काशी चमार (बहुजन शक्ति पार्टी), वडाअध्यक्ष (रामग्राम नगरपालिका), नवलपरासी

-८३ वर्ष : गुर्रे अहिर (समाजवादी फोरम), वडाअध्यक्ष (कोटहीमाई गाउँपालिका), रुपन्देही

-८१ वर्ष : पार्वती चमाइन (देशभक्त समाज), दलित सदस्य (मर्चवारी गाउँपालिका), रुपन्देही

-८२ वर्ष : तुलसीराम शर्मा (राप्रपा), सदस्य (देवदह नगरपालिका), रुपन्देही

-८२ वर्ष : कोइली चमार (राप्रपा), दलित महिला सदस्य (मायादेवी गाउँपालिका), रुपन्देही-

-८१ वर्ष : मानुल्लाह मुसलमान (कांग्रेस), वडाअध्यक्ष (यशोधरा गाउँपालिका), कपिलवस्तु-

-८२ वर्ष : टेकनारायण शर्मा (राजमो), सदस्य (वाणगंगा नगरपालिका), कपिलवस्तु-

-८० वर्ष : काली दमेनी (राप्रपा), दलित महिला सदस्य (गढवा गाउँपालिका), दाङ-

-८१ वर्ष : वीरसिंह सुनार (राष्ट्रिय जनमुक्ति पार्टी), सदस्य (घोराही उपमहानगर), दाङ

-८० वर्ष : कानी चमार (माओवादी केन्द्र), दलित महिला सदस्य (जानकी गाउँपालिका), बाँके

-८० वर्ष : जंगबहादुर थारु (राप्रपा), सदस्य (नेपालगन्ज उपमहानगर), बाँके

-८१ वर्ष : भगौती थारु (राप्रपा), मेयर (कोहलपुर नगरपालिका), बाँके

-८४ वर्ष : गौहर खाँ (राप्रपा), वडाअध्यक्ष (खजुरा गाउँपालिका), बाँके

-८१ वर्ष : दीपकबहादुर भण्डारी (पूर्वराष्ट्रसेवक), सदस्य (गुलरिया नगरपालिका), बर्दिया

-८२ वर्ष : हंसी सार्की (एमाले), दलित महिला सदस्य (हिमाली गाउँपालिका), बाजुरा

-८३ वर्ष : देवीराम उपाध्याय (राप्रपा), सदस्य (लम्की चुहा नगरपालिका), कैलाली

-८२ वर्ष : तेजबहादुर विष्ट (राप्रपा), सदस्य (जानकी गाउँपालिका), कैलाली

-८३ वर्ष : रघुनाथ रानाथारु (राप्रपा), सदस्य (धनगढी उपमहानगर), कैलाली

-८३ वर्ष : कर्णबहादुर बम (माओवादी केन्द्र), सदस्य (दुहुँ गाउँपालिका), दार्चुला

-८० वर्ष : गोलीदेवी काम (माओवादी केन्द्र), महिला सदस्य (पञ्चेश्वर गाउँपालिका), बैतडी

-८१ वर्ष : देवसिंह धामी (स्वतन्त्र), अध्यक्ष (सिगास गाउँपालिका), बैतडी

-८३ वर्ष : इन्द्रे बोहरा (राप्रपा), वडाअध्यक्ष (डिलासैनी गाउँपालिका), बैतडी